arrow

नेविसंघको अध्यक्षदेखि सदस्यसम्मका लागि को–को छन् दौडमा ?

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
nsuphotospratinidhi.jpg.jpeg
काठमाडौं। महाधिवेशन प्रतिनिधीको विवाद मिलाउने सहमति पछि अब नेविसंघको आगामी दुई बर्षे कार्यकालको लागि आकाँक्षीहरु चुनावी मैदानमा उत्रिएका छन्। यद्यपी मंगलवार राती अवेर नेविसंघ निर्देशन समिति र नेविसंघको वर्तमान नेतृत्वबीच भएको सहमतिलाई भाड्न खोजिएको भन्दै विवाद बढ्दै जाँदा बिहिवार ११ वजेका लागि बोलाइएको बन्द सत्र अपरान्ह ३ बजेसम्म शुरु हुन सकेको छैन। यद्यपी कुनै पनि बेला चुनाव हुनसक्ने भन्दै आकाँक्षीहरु मैदानमा छन्। ९ बर्षपछि हुन लागेको महाधिवेशन र चुनावको लागि दर्जनौ उमेद्वार चुनावी मैदानमा छन। को को छन त आकाँक्षीहरुः
 
अध्यक्षमा
नेवि संघको नयाँ नेतृत्वका लागि दर्जन बढी अध्यक्षका प्रत्यासी छन्। जसमध्ये जितजंग बस्नेत, मनोजमणी आचार्य, नैनसिहं महर, कुन्दनराज काफ्ले, दिपक भट्टराई, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, शुभराम बस्नेत ब्यापक तयारी गरिहेका छन्। साथै सरोज थापा, रत्न कार्की, विनिता अधिकारी, राजिव ढुङगाना र रामप्रसाद अधिकारी अध्यक्षकै लागि लागिपरेका छन्। 
 
उपाध्यक्षमा
मतदानमार्फत चयन हुने ११ उपाध्यक्ष पदका लागि तीन दर्जन बढी विद्यार्थी नेताले दाबी गरेका छन् । एलबी कार्की, राजीव केसी, कृष्णकुमारी बस्नेत, नीमा गिरी, प्रचण्ड विक्रम न्यौपाने, भरत खड्का, चन्दा अधिकारी, रेनुका काउचा, नविन राई, विष्णु कार्की, राकेश श्रेष्ठ, सुवास भण्डारी, पूर्णकुमार तुम्बापो, धर्मराज खनाल, विष्णु पौडेल, सरोज न्यौपाने, अमृत पन्थी, लक्ष्मी प्रसाद पौडेल, सागर परियार, रमेश पाण्डे, मोहम्मत वजिह अर्सद(ओजी), दीपक भण्डारी, हरिश भण्डारी, बखतबहादुर शाही, विश्वामित्र रिजाल, डिबी सुनार, लिखित श्रेष्ठ दावेदार छन्।
 
महामन्त्रीमा
दुईजना निर्बाचित महामन्त्रीका लागि करिब १० जना मैदानमा छन्। जसमध्ये युवराज पाण्डे, डिल्लीराम सुबेदी, उर्मिला थपलिया, पुष्पकुमार शाही, विनयराम भट्ट, मनोज बैद्य, हिमालदत्त श्रेष्ठ, महेश्वरी कुँवरबीच प्रतिस्पर्धा हुने देखिएको छ।
 
कोषाध्यक्षमा
एकजना निर्वाचित कोषाध्यक्षका लागि शंकरदेव क्याम्पसकी अन्जना अर्याल, पद्यमकन्या क्याम्पसकी साधना घिमिरे, शिव रिजाल र उमेश भट्टराई केन्द्रीय कोषाध्यक्षका लागि प्रबल दावेदार मानिएका छन्।
 
सह–महामन्त्रीमा
चुनावी प्रतिस्पर्धाबाट चयन हुने १३ सहमहामन्त्रीका लागि करिब ३० जनाले इच्छा देखाएका छन्। जसमध्ये दुजाङ शेर्पा, संचिता कुईंकेल, बामदेव अधिकारी, दिनेशचन्द्र थपलिया, धर्मराज पौड्याल, निरञ्जन थापा, रघुबीर कार्की, महेन्द्र राउत, रञ्जिता कार्की, अच्युत कोइराला, गणेश पौडेल, पवन नेपाली, प्रेमराज जोशी, घनश्याम साह, प्रकाश घिमिरे,चुडामणी खनाल, रबिन्द्र रोकाया, दिपेन बान्तवा, नारायण हमाल, कृष्ण भण्डारी, अजित क्षेत्रीलगायतले तयारी गरिरहेका छन्।
 
सदस्यहरुमा
प्रदेश, उपत्यका, पिछडिएको क्षेत्र, समावेशीलगायतबाट दर्जनौं नेताहरुले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरिहेका छन्। शुसील भट्ट, शैलेन्द्र शर्मा गौंडेल, कुमार दुलाल,शिव पाण्डे, लक्ष्मण चौलागाई, रूपा पोखरेल, शोभा भण्डारी तारक केसी, जयराम दाहाल, देवेन्द्र सुवेदी, डम्बरराज जोशी, लक्ष्मी पौडेल, इश्वर जंग कार्की, दिवाकर अर्याल, प्रेमिका मगर, सरोज राई, बाजिन्द्र बिष्ट, केशबबाबु खतिवडा, कुलराज पोख्रेल, गंगा बहादुर कार्की, अनुज कार्की, युवराज लामा, आशिक गुरुङ, अर्पणा खड्का, चन्द्र विश्वकर्मा, नीलाम्बर रेग्मी, गोपाल चौलागाईँ, राजेश केसी, विशाल वराल, दिनेश भुर्तेल, पुस्कर बाँस्तोला, डम्बर कार्की, लीला भट्टराई, दीपेन्द्र खड्का, उपेन्द्र मिश्र, शिव पौडेल, अस्मिता पौडेल, तेजवहादुर बानियाँ, कल्पना खड्का, कल्पना पौडेल, रुद्रमणि रेग्मी, सदीक्षा चित्राकार, अनु शर्मा, एकराज बस्नेत, दिलीप दाहाल, विशाल गुप्ता, हेमन्त गुरुङ. समिता शाही लगायले केन्द्रीय समितिमा जाने इच्छा देखाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ