arrow

सडक दुर्घटनापछि आन्दोलन : यातायात अवरुद्ध, ४ दिन सम्म शव उठेन

logo
प्रकाश बम,
प्रकाशित २०७३ साउन २७ बिहिबार
Doti-hamrakura.jpg.jpeg
डोटी । सुदूरपश्चिम यातायात समिति र पीडितपक्षबीच आर्थिक सहायताको विषयमा कुरा नमिल्दा स्थानयीले सडक अवरुद्ध पारेका छन् । 
 
सुदूरपश्चिम यातायात समितिका कुनै पनि सवारी साधनहरु डोटीको पूर्वीचौकी भएर जाने सडकमा चल्न नदिने बन्द कर्ताहरुले बताएका छन् । सो क्षेत्र हुँदै अछाम, बाजुरा सम्म सवारी सञ्चालन हुने गर्दछन् ।  
 
सुदूरपश्चिम यातायात समिति र पीडितपक्षबीच समझदारी नहुँदा गैरागाउँ तथा त्यस क्षेत्रका स्थानीयहरुले सडक अबरुद्ध गरेका थिए । वुधबार साँझ देखि अवरुद्ध गरेको सडक खुलेपनि विहिबार साँझ ६ बजेपछि त्यस क्षेत्रमा सुदुरपश्चिम यातायात समितिका यातायातका साधन चल्न नदिने निर्णय गरेको रामप्रसाद उपाध्यायले बताए ।
 
सो विषयमा विहिबार साँझ ५ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक समेत बस्ने जनाएको छ ।मृतकका परिवारलाई समितिले दिने आर्थिक सहायताका लागि यातायात समितिले अटेर गरेको भन्दै सो क्षेत्रका स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् ।
 
साउन १३ गते डोटीबाट धनगढी गइरहेको सुदूरपश्चिम यातायातको हाइसबाट गैरागाउँ गाविस–३ का १६ वर्षीय झपट बोहरा गाडीबाट खसेर टाउकोमा गहिरो चोट लागेको थियो । चोट लागेका बोहराको श्रावण २४ गते राति मृत्यु भएको थियो । 
 
उपचारमा सुदूरपश्चिम यातायात समितिले उदासिनता देखाउँदा छोराको मृत्यु भएको मृतकका बुबा नृर्प बोहराले बताए । डाक्टरसंगको मिलेमतोमा घटना भए लगत्तै सुजङ्ग अस्पताल राजपुरबाट सामान्य घाइते भन्दै रिफर गर्न नमानेको, अन्तिम अवस्थामा भारतको हल्द्वानी रिफर गरेको र त्यहाँ पनि सामान्य भन्दै घर फर्काए तथा घाइते घर पुगेपछि पुनः बेहोस भएको बताइएको छ । 
 
बेहोस भएलगत्तै उपचारका लागि लैजाँदै गर्दा घाइतेको बाटोमै मृत्यु भएको थियो । पोष्र्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखेको शव ४ दिन वित्दा पनि पीडित पक्षले बुझ्न मानेका छैनन् ।
 
वुधबार जिल्ला प्रहरी कार्यालयमा यातायात व्यवसायी र पीडित पक्षबीच भएको वार्ता कुनै निश्र्कषमा पुग्न नसकेपछी बन्दकर्ताले अछाम, बाजुरा र त्यस क्षेत्रमा चल्ने सबै यातायातका साधनहरु ठप्प पारेका हुन् । यातायात बन्द भएपछि सुदूरपश्चिमका  अछाम, बाजुरा, डोटी जिल्लाको यातायातमा असर पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ