arrow

आयोजक ब्राजिल शानदार जितसँगै क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
brazilsgoal.jpg.jpeg
काठमाडौ । समुह चरणको दुवै खेल बराबरी खेलेको ब्राजिलको क्वार्टरफाइनल प्रवेश निकै कठिन थियो। तर, समुहको अन्तिम खेलमा शानदार प्रर्दशन गर्दै आयोजक ब्राजिल जारी रियो ओलम्पिक अन्तर्गत पुरूष फुटबल इभेन्टको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 
बिहिबार बिहान भएको खेलमा समुहका शिर्ष स्थानमा रहेको डेनमार्कमाथि ४-० को शानदार जित निकाल्दै ब्राजिलले आफुलाई अन्तिम ८ मा सुरक्षित गरेको हो। ब्राजिललाई गाबरिया बर्बासाले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन्। बर्बासाको यो गोल ब्राजिलका लागि प्रतियोगिताकै पहिलो गोल हो।
 
पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा गाबरियल जेसिसले टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा लुनाको गोल र बार्बालसको व्यक्तिगत दोस्रो गोलको मद्दतमा आयोजद ब्राजिलले समुहको शिर्ष स्थानमा रहेको डेनमार्कमाथि ४-० गोलको जित निकालेको हो। अब सेमिफाइनल छिनोफानोका लागि आयोजक ब्राजिलले कोलोम्बियासँग खेल्नेछ। 
 
अरू को-को छिरे क्वार्टरफाइनलमा
 
ब्राजिलसँग पराजित भएपनि डेनमार्क आफ्नो समुहको दोस्रो स्थानमा रहदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यस्ते समुह “बी” बाट नाइजेरिया र कोलोम्बिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। कोलोम्बियासँग पराजित भएपनि नाइजेरिया समुहको शिर्ष स्थानमा यथावत रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। 
 
समुह “सी” बाट दक्षिण कोरिया र जर्मनी पनि विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन्। खेलमा दक्षिण कोरियाले मेक्सिकोलाई र जर्मनीले फिजीलाई पाँखा लगाएको हो। 
 
यस्तै समुह “डी” बाट पोर्चुगल र होन्डुरसले पनि क्वार्टरफाइनलमा आफ्नो ठाउँ सुरक्षित गरेको छ। अल्जेरियासँग बराबरी खेलेपनि समुहको शिर्ष स्थानमा यथावत रहँदै पोर्चुगल क्वार्टरफाइनलमा गरेको हो। होन्डुरसले पनि अर्जेनटिनासँग बराबरी  खेल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलका खेलहरू भने अगष्ट १३ र १४ मा हुनेछ।



नयाँ