arrow

नामविहीन प्रदेश १ को संसद् बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
pradesh11.jpg

काठमाडौं । प्रदेश १ संसद्को बैठक आज पनि बस्दैछ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । 

विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामविहीन छ । 

पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किराँत, लिम्बुवान, सगरमाथा, कोशी, किराँत–सगरमाथा, किरात–कोसी आएका छन् । 

प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ