arrow

कोशीमा यसै हप्ताभित्र सरकार विस्तार हुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
hikmat-karki-01-31.jpg

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताएका छन् । सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरू भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार बिस्तार गर्ने बताए । 

कार्कीले ५७ मत प्राप्त गरेका थिए । प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका थिए । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्विकार्नुपर्ने कुरामा आफूहरू स्पष्ट रहेको बताए ।

उनले भने, ‘केही सैद्धान्तिक कुराहरू हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुङ्ग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार बिस्तार गरिसक्छाँै । जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ । 

जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ । नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ । त्यही अनुसार अघि बढ्नेछौँ । समय क्रममा सबैको सरकार बन्न पनि सक्छ । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ । की अर्को सरकार बनेपछि स्विकार्नुपर्छ । यसमा हामी स्पष्ट छौँ ।’

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरूले मान्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ