arrow

कांग्रेसको बहिस्कारबीच कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
hikmatkumar-karki-2080-06-20.jpg
तस्बिर – फाइल ।

विराटनगर ।‌ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् ‌। सोमबार कोशी प्रदेश सभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे । 

मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । विपक्षमा कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो । 

कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बैठक बहिष्कार गरेको थियो । अहिलेको सरकार गठनको प्रक्रिया विरुद्ध कांग्रेसले सर्वाृेच्च अदालतमा रिट दायर गरेको छ । 

यसको फैसला नआउन्जेल विश्वासको मत लिनु गलत भएको भन्दै कांग्रेसले यो प्रक्रिया सहभागी नभएको बताएको छ । 

गत बैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका हुन् ।

उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतम मुद्दा दर्ता गराएका छन् ।

उक्त मुद्दाको अन्तिम सुनुवाईको मिति जेठ ९ गतेलाई तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ