arrow

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
police-man.jpg.jpeg
फाइल तस्बिर

ललितपुर। ललितपुरको सानेपामा शनिवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाईँमा कार्यरत प्रहरी जवान नवीन न्यौपाने रहेका छन्।

गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा तनहुँको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सात दोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका  । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गए राती सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।



नयाँ