arrow

देउवाको डडेल्धुराबाट नेविसंघमा मात्र हैन तरुण दलमा पनि अध्यक्षका आकाँक्षी

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
congress-dadeldhura-deuba-team.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको महाधिवेशनको वन्द सत्रको प्रक्रिया शुरु भएको जस्तो हुन्छ फेरि विवादमा पर्छ। यहि विवादका कारण नेविसंघको वन्द सत्र सुचारु हुन सकेको छैन। विधिवत महाधिवेशनको माग राखेर आमरण अनशन बसेकाहरुको अनशन तोडिएपनि त्यसपछि भने प्रक्रियाले गती लिन सकेको छैन। 
 
एकातिर प्रक्रियामा समस्या देखिएको छ भने अर्कातिर महाधिवेशनमा नेतृत्वका आकाँक्षीहरुको आकाँक्षा व्यवस्थापन गर्न नसक्दा पार्टीका नेतृत्व तहमा रहेकाहरुलाई भने समस्या परिरहेको छ। यो समस्या यतिखेर काँग्रेस सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई सबैभन्दा बढी परिरहेको छ। एकातिर आफूहरुलाई सहयोग गरेकाहरुलाई छोडिदेउ भन्न नसक्ने विवशता अर्कातिर निर्णय क्षमता देखाउन नसक्दा आफ्नो गुटले नेतृत्वबाट हात धुनुपर्ने अवस्था आउने भएपछि देउवा र पौडेल दुबै समुहलाई निकै अप्ठ्यारो परेको छ। 
 
सभापति देउवा अहिले सबैभन्दा बढी अप्ठ्यारो आफ्नै जिल्लाका नेतृत्वका आकाँक्षीहरुका कारण बनेका छन्। पार्टी सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएको पनि धेरै भएको छैन। उनले सभापति हुने वित्तिकै भातृ संस्थाको चुनाव गराउने उद्घोष गर्दा डडेल्धुराका दुई नेताहरु त्यतिकै खुसी थिए। नेविसंघमा लामो समय राजनीति गरेका नैनसिंह महर र तरुण दलको नेतृत्वका आकाँक्षी तथा डडेल्धुराका पार्टी सभापति कर्ण मल्ल दुबै पार्टी सभापति देउवाले गरेको घोषणा पछि अब आफूहरु पनि आफूले काम गरेको संस्थामा प्रत्यासी भएर नेतृत्वमा जान पाइने भयो भन्नेमा लगभग ढुक्क थिए। असोज भित्र दुबै संस्थाको महाधिवेशन हुनेभएपछि महर र मल्ल दुवै आफ्नो आफ्नो प्रचारमा पनि निस्किए। 
 
यतिखेर महर नेविसंघको अध्यक्षका लागि मैदानमा भिड्न तयार छन्। डडेल्धुरा काँग्रेस सभापति कर्ण मल्ल तरुण दलमा अध्यक्षका आकाँक्षीका रुपमा मैदानमा भिड्न तयारी गरिरहेका छन्। यतिखेर महरको चर्चा विद्यार्थी र सञ्चारमाध्यम सबैतिर छ। मल्लको चर्चा तरुण दलको महाधिवेशन ताका हुने नै छ। तर पार्टीको आन्तरिक राजनीतिलाई मिहिन विश्लेषण गर्नेहरु अहिले सभापति देउवालाई एउटा कुरा सुझाइरहेका छन। उनीहरुले सभापति देउवालाई भनेका छन्, 'नेतृत्व क्षमताका आधारमा गरिने हो तर नेतृत्वमा पुग्न खेल्ने मैदान समान तहको बनाउन पार्टी नेतृत्वले कतै हस्तक्षेप गर्नुहुँदैन।' 
 
बलियो पार्टी सभापति देउवाको गृहजिल्ला डडेल्धुराबाटै दुई महत्वपूर्ण भातृ संस्था नेविसंघ र तरुण दलका बलिया आकाँक्षीहरु हुँदा देउवा पनि तनावमा छन्। आफूलाई सहयोग गरेका जिल्लाका साथीहरुलाई नगरौ जिल्लका साथीहरुनै रिसाउलान भन्ने डर गरौ सबै आफ्नै जिल्लालाई मात्र गर्यो भन्ने क्षेत्रीयवादी भएको आरोप खेप्नुपर्ने डर। त्यसमाथि अध्यक्षका आकाँक्षीहरुमा महर र अर्का प्रत्यासी जीतजंग बस्नेतको पक्ष विपक्षमा आफ्ना समुहका नेता कार्यकर्ताहरु बाँडिएपछि दुबै मध्य एकलाई उमेद्वार बनाउँदा अर्को पक्षको समर्थन आफूले तोकेको उमेद्वारले पाउने होकी नपाउने हो भन्नेमा पनि देउवाले आफ्नो समुहका नेताहरुसँग परामर्श गरेका छन्। 
 
ललितपुरका बस्नेतको पक्षमा तरुण दलका अध्यक्ष सहित विभिन्न जिल्लाका सांसद र देउवा समुहका नेताहरु खुलेर प्रचारमा उत्रिएका छन्। महरको पक्षमा पनि त्यतिकै संख्यामा लागेका छन्। तर पनि एउटाको पक्षमा देउवाले मुख नखोल्दा कटुता बढ्दो छ। यहि कटुता बढ्दै जाँदा सबै देउवा दाईकै जिल्लालाई मात्र चाहिने भन्ने टिप्पणी पनि देउवा समुहभित्रै हुन थालेको छ। केहि दिन अघी महर आधिकारीक रुपमा देउवा समुहको उमेद्वार भएको खबर आएपछि उनलाई भेटन पुगेका सयौ बस्नेत समर्थकहरुलाई देउवाले आफूले कसैलाई उमेद्वार नतोकेको जवाफ दिएर फर्काएका थिए। तर पनि स्थित तरल नै छ। ९ बर्षपछि हुन लागेको महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा ल्याउन देउवा निकै नै लालायित छन्। पार्टी सभापति हारेपनि पौडेल नेविसंघबाटै भातृ संस्थामा पकड जमाएको सन्देश दिन चाहन्छन। पौडेलपनि धेरै आकाँक्षीहरुबाट घेरिएर रहँदा अर्का नेता कृष्ण सिटौला र गगन थापा निकट कुन्दन काफ्ले समुहबाट एक्लै मैदानमा छन्। 
 
नेविसंघ लगत्तै हुने तरुण दलको महाधिवेशनको आकाँक्षी मल्ललाई समेत देखाएर अहिले देउवा समुहलाई आफ्नै गृह जिल्लाका मान्छेहरुलाई मात्र हेर्न लागेको आरोप लाग्ने अवस्था सिर्जना हुन थालेको छ। अगाडी बोल्न नसक्ने पछाडी कुरा काट्नेहरु बढ्दै जाँदा भित्रभित्रै सल्किएको भुसको आगोलाई देउवाले व्यवस्थापन कसरी गर्छन त्यो आजभोलिमा थाहा होला। उनलाई सुझाव दिनेहरुले के सुझाव र सल्लाह देलान त्यो पनि पटाक्षेप हुने नै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ