arrow

स्लाइन र पानी छाडेर आमरण अनशनमा होमिइन् गङ्गामाया

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
Gangamaya.jpg.jpeg
काठमाडौँ । छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बसेकी गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गरेकी छन् । 
 
नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उनिबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै अधिकारीले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी छन् । गङ्गामायाले गत साउन २१ गते पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिएकी थिइन् । 
 
गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती आज वीर अस्पतालको क्याबिन नं ७ मा उनलाई भेट्न गए पनि गङ्गामायाले केही कुरा राखिनन्  । विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उनिका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ । 
 
विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ