arrow

डम्बरको इन्जिनियरिङ्ग शुत्र–नेविसंघलाई ‘कनेक्ट’ र ‘इफोर्ट’ले चलाउनु पर्छ

दलित आरक्षणको उपाध्यक्षमा उम्मेद्वारी

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
dambar-sunar-news.jpg.jpeg
काठमाडौं । परिवर्तन गर्नु पर्दछ हाम्रै जीवन कालमा । यो पदावली हिजो आज युवाहरुमाझ निकै प्रिय छ । यद्यपि, व्यवहारमा त्यसो हुन सकेको छैन । सन्दर्भ नेपाली विद्यार्थीहरुको आस्थाको केन्द्र नेविसंघको महाधिवेशन । नेतृत्वका आकांक्षी र उम्मेद्वारी चर्चा । 
 
नेविसंघलाई माउ पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठनमै समिति गर्ने कि राष्ट्र निर्माणको दस्ता बनाउने ? नेविसंघले मुलुकको समृद्धि देख्ने कि नदेख्ने ? बढ्दो बेरोजगारी, बढ्दो युवा शक्ति पलायन, असमान शिक्षा प्रणाली, असमान गरिबी र  ढल्न नसकेको सामाजिक विसंगती उखेल्ने अभियान छेड्ने कि नछेड्ने ? नेविसंघको ११औं महाधिवेशनमा दलित आरक्षण खुल्लाबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका डम्बर बहादुर सुनारले प्रतिप्रश्नका रुपमा यी र यस्तै मुद्धा उठान गरे ।
 
हामीले सोधेको प्रश्न थियो– ‘अधिकांश विद्यार्थी नेताले संगठनको लोकतान्त्रिकरण र शैक्षिक आन्दोलनका लागि अवको नेविसंघ र हाम्रो उम्मेद्वारी भने, तपाईको उम्मेद्वारी किन ? डम्बरले जवाफमा भने, ‘हामीले दिने शैक्षिक आन्दोलनका नारा पुराना भइसके । हामीले फेरिपनि शैक्षिक परिवर्तनका सतही कुरा उप्काएर चल्दैन ।’ हामी युग अनुसार अनुकुलन हुनै पर्दछ । 
 
उनले भने, ‘नेपालमा युवाको हिस्सा ४०.३ प्रतिशत छ । केही वर्षमा यो संख्या अझै बढ्ने वाला छ । यो संख्या भनेको नेपालका लागि हुने हरेक परिवर्तनका लागि निर्णायक मत हो । यो जनमतलाई फेरि पनि बुझ्ने प्रयत्न भएन भने हाम्रो सहश्राब्दी लक्ष्य र आर्थिक समृद्धिको परिकल्पना झुटो सावित हुने छ । हामीले नाटक मात्रै गरिरहेको ठहरिने छ ।’ जो जनशक्ति आज कुनै संघ संगठनको नेतृत्व कुर्दैमा समय वर्बाद गरिरहेको छ । त्यो जनशक्तिले गर्न नमिल्ने र गर्न नसक्ने केही छैन । सबै सम्भव छ । 
 
डम्बरले उदाहरण दिँदै भने, ‘आज भारत, चीन, अमेरिका, इन्डोनेसिया, ब्राजिल, नाइजेरिया, बंगलादेश युवाकै दम्भमा आर्थिक समृद्धिको चीर निद्रामा छन् । टाढा किन जानु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युवाकै जमातलाई हेरेर विश्वभर दौडिरहेको हामी सबैले हेरेको, बुझेकै छौं । छिमेकी चिन युवाकै दम्भमा आर्थिक समृद्धिको शुलि चढेको छ ।’ तर, हाम्रो युवा जनशक्ति विदेशिएर श्रम बगाउँदै छ ।
 
कसैको मुलुक निर्माण गर्दै छ । आफ्ना कयौं लडेका संरचना उठाउन सकिरहेको छैन । कारण असमान गरिबी, उनले थपे, ‘यसलाई नेविसंघले मुद्धा बनाउने कि नबनाउने ? ।’ आज बंगलादेशका युवाले उत्पादन गरेको कपडा विश्व बजारमा चर्चाको शिखरमा छ । नेपालको बेरोजगारी दर बढिरहेको छ । हाम्रै कुरा गर्नु हुन्छ भने पनि नेविसंघका युवालाई ९ वर्ष सम्म हुन नसकेको महाधिवेशनले जेलेर राखिदियो । हामीले नारा, जुलुस बाहेक सिन्को भाँचेनौं । अहिले फेरि उही पुरानो नारा परिवर्तनका लागि नेविसंघ भन्ने छ । खै उत्पादनमा ध्यान गएको ? 
 
डम्बरले गम्भीर हुँदै भने, ‘अंग्रेजीको ‘चेन्ज’ भन्ने शब्दको अगाडि सी र पुछारमा ई छ । बीचमा ‘एचएएनजी’ बाँकी रहन्छ । जसको उच्चारण ‘ह्याङ्ग’ हुन्छ । हो त्यही ह्याङ्गमा हामी ९ बर्ष सम्म रहयौं । अब हामीले अगाडिको सी र पुछारको ई लाई समातेर नेविसंघलाई कनेक्ट र इफोर्टमा रुपान्तरण गर्नु पर्छ ।’ तब नेविसंघ बलियो हुन्छ ।  उनले विगको आर्थिक अवस्थालाई अहिलेको आर्थिक अवस्थासंग तुलना गर्दै भने, ‘१९७०–०७१ मा भारतबाट आयात कम हुन्थ्यो निर्यात २ गुणा बढी हुन्थ्यो । आज ९ गुणाबढी आयात हुन्छ ।’ 
 
हामीले संगठनको स्वरुप, आकार प्रकारको नारा छोड्नु पर्दछ । डम्बरले भनेका छन्, ‘असमान शिक्षाको दायरालाई सुधार गरेर समान शिक्षाको अभियान बोकेर नेविसंघ गाउँ–गाउँ जानुपर्छ । त्यतिकै अग्रगामी संगठन हुन सक्दैन । पुनःनिर्माण र नाकाबन्दीले थलिएको अर्थतन्त्रलाई चिन्नु पर्दछ । इतिहास देखि अहिले सम्मका सबै आरोह अवरोहलाई पल्टाउनु पर्दछ । भोलीको समृद्धि आजको चेतनास्तर र शैकिक्षक गुणस्तर हो ।’ उत्पादनमुलक शैक्षिक अभियानको नेतृत्व नेविसंघले लिनु पर्दछ ।  
 
नेपालमा समतामुलक समाज निर्माणका लागि पाठ्यक्रममै यी सबै विषयबस्तु समेटिनु पर्दछ । विकृति विसंगति हटाउने शैक्षिक अभियानको वेहरी उठ्नै पर्दछ । अहिले सम्मको मानसिक चिन्तनबाट माथि उठेर अबको नेविसंघ वर्तमान प्रविधि र युग अनुकुलन हुनै पर्दछ । अछामको जनलाकोट गाविस –५ कवलखेतमा जन्मिएका डम्बर ३० वर्ष कटे । पारिवारिक माहोलकै कारण उनी २०५४ कै आम निर्वाचनदेखि कांग्रेस र नेविसंघको झण्डाबाट प्रभावित भएको सुनाउँछन् । 
 
१५–१६ को उमेर देखि नै उनी नेविसंघले गरेका सबै आन्दोलनमा सरिक भए । पछि कञ्चनपुरको महेन्द्रनगरमा रहेको बैजनाथ इन्जिनियरिङ कलेजमा इकाई सभापति भए । २०६२–६३ को आन्दोलनमा विद्यार्थीको नेतृत्व गरे । २०६४ को संविधानसभा निर्वाचनमा अछाम गएर विद्यार्थी मोर्चा सम्हाले । 
 
२०६६ मा भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ्ग कलेजको स्ववियु सभापतिमा उठे तर, निर्वाचन भएन । उनी पोखरा विश्व विद्यालयको केन्द्रीय समितिको महामन्त्री समेत भए । उनले सन् २०१२ मा इन्जिनियरिङको अध्ययन सक्काए । अहिले नेपाली कांग्रेस निकट नेपाल दलितसंघ अन्तर्गतको नेपाल दलित विद्यार्थी संघको बरिष्ठ उपाध्यक्ष छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ