arrow

पुलचोकबाट बालिका अपहरण गर्नै तीन जना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
kidnap-apaharan.jpg

धनुषा । धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीनजना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीनजना आरोपितलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नपा-३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नपा-८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ लाख फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै डेरामा खेलिरहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गर्न सफल भएका थिए । घटनामा संलग्न आशङ्कामा सात जनालाई गिरफ्तार गरेको थियो ।

अनुसन्धानका क्रममा चारजना निर्दोष देखिएकाले छाडिएको र तीनजना संलग्न आरोपित देखिएकाले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ