arrow

सहमहामन्त्रीमा निरन्जन थापा प्रत्यासी

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
niranjan-thapa.jpg.jpeg
काठमाडौं। यतिबेला नेपाल विद्यार्थी संघको आइतबारदेखि शूरु भएको ११ औं अधिवेशनका कारण अधिवेशन स्थल भृकुटी मण्डप मात्र हैन नेपाली विद्यार्थी राजनीति गर्माएको छ। तुल, ब्यानर, भित्ते लेखन, झण्डा र उम्मेदवारहरुको भिडले रंगीविरंगी माहोल तयार भएको छ। आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्ष पदका लागि प्रतिष्पर्धामा उत्रिएका छन्। नौ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न प्रदेशबाट १६ जना प्रतिषपर्धीले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। 
 
विभिन्न पदमा देखिएका दर्जनौ उमेद्वारहरु झै सहमहामन्त्रीमा पनि कैयन उमेद्वार खडा भएका गर्ने मध्यका छन। निरञ्जन थापा तिनिहरु मध्यकै हुन। शिक्षा क्षेत्रका माफिया बिरुद्धको लडाइ लड्ने र व्यबहारिक र ब्यबसायिक शिक्षामा जोडदिन आफ्नो पहल हुने सहमहामन्त्रीमा उम्मेदवारी दिएका निरञ्जन थापा बताउँछन्। विद्यार्थीको हक र अधिकारको निम्ति हमेशा आवाज उठाउने प्रतिवद्धता जनाउने थापा नेपालको ईतिहासमै पहिलो पटक एयरर्पोट भित्रको भिआईपि कक्षमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउन आँट गर्न नेतृत्व गर्ने मध्यका एक हुन्। 
 
२०६२ मै स्वबियु जितेका, जनआन्दोलन २०६२/६३ मा जनआन्दोलनको उर्वर भुमि गोगबुंमा बिद्यार्थीको मोर्चा सम्हालेका, महाभुकम्पको बिपतमा रहेकाहरुको घरटहरा निर्माण गर्ने जस्ता सहयोगात्मक र रचनात्मक कार्य गरेका उपत्यकाका नेबिसघंका बिद्यार्थी नेता तथा साथिहरु माझ बिश्वासिलो, ईमान्दार, निडर बिद्यार्थी नेताका रुपमा चिनिएका कारण थापा आफूलाई प्रतिनिधीहरुले विश्वास गर्ने बताउँछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ