arrow

नेविसंघ उपसभापतिमा चन्दाको उमेद्वारी

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
chanda-adhikari.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन विवादका बीच निर्वाचन प्रक्रियामा जाने अपेक्षा गरिएको छ। वन्दसत्र र निर्वाचनको कार्यक्रम हुने आशाका साथ आकाँक्षीहरु भने चुनावी मैदानमा छन्। 
 
विद्यार्थी आन्दोलनमा सक्रिय विद्यार्थी नेतृ चन्दा अधिकारीले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। २०५८ सालकी राधादमोदर माध्यामिक विद्यालय स्याङ्जाकी इकाई सभापति चन्दा २०६२/६३ को जनआन्दोलनकी सक्रिय विद्यार्थी नेतृ हुन्।
 
२०६० सालमा पद्यमकन्या क्याम्पसको इकाई सदस्य, २०६१ सालमा स्याङ्जा जिल्ला सदस्य, २०६२ सालमा पद्यमकन्या क्याम्पसकी स्वबियु सदस्य, २०६५ सालमा स्वबियु सहसचिब, २०६९ सालमा पद्यमकन्या क्याम्पसकी एकाई सभापती भएकी चन्दा जनआन्दोलनताकाकी चर्चिमा रहेकी विद्यार्थी थिइन। 
 
प्रहरीको वल प्रयोगलाई वेवास्था गर्दै सडकमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी उपसभापतिकी उम्मेदवार चन्दा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परि सख्त घाईते भएकी थिइन्। राजतन्त्रको विरुद्ध सडकमा गणतन्त्रको नारा लाग्दा पद्यमकन्यामा उनी सहितका विद्यार्थीहरुले त्यसलाई समर्थन गरेका थिए। 
 
माओवादी आक्रमणमा परेकी चन्दा विगतको चोटका कारण अझै पनि निरन्तर उपचारमा छिन्। जनआन्दोलनका क्रममा चन्दा पटक पटक गिरफतारीमा समेत परेकी थिएन। 
 
विद्यार्थी हक अधिकारका साथै गुणस्तरिय, व्यवसायीक र व्यवहारिक शिक्षालाई मुर्तरुप दिन उपसभापतिमा उम्मेदवारी दिएको चन्दा बताउँछिन्। आफु निर्वाचित भए सुलभ र समान शिक्षाका लागि दरिलो रुपमा लड्ने पनि उनी वताउँछिन्। संविधान कार्यान्वयन, आर्थिक संवृद्धि र राष्टियताको मुद्धाका लागि अग्रमोर्चामा रहने उनले ति नेविसंघको प्राथमिकतामा रहनुपर्ने बताइन।
 
विद्यार्थी आन्दोलनमा निरन्तर योगदानका कारण नेविसंघको आगामी नेतृत्वका लागि उपसभापतिमा दिएको चन्दाले बताइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ