काठमाडौं। भारतीय अभिनेता साहरुख खानलाई अमेरिकी अध्यागमनले फेरि नियन्त्रणमा लिएको छ। पटकपटक अमेरिकी अध्यागमनमा आफूलाई दुख दिएको गुनासो गर्ने शाहरुखलाई यो पटकको यात्रामा पनि अमेरिकी अध्यागमन अधिकारीहरुले एयरपोर्टमा करिब एक घण्टा नियन्त्रणमा राखेको हो।
उनले आफूलाई जहिले अमेरिका आउँदा पनि अध्यागमनले दु:ख दिने गरेको गुनासो ट्वीटमा लेखेका छन्। शाहरुखले आफूले सुरक्षा अवस्थालाई बुझ्न सक्ने र सुरक्षा जाँचको सम्मान पनि गर्ने बताएपनि तर किन म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको यो अपमान सहनु पर्छ भन्दै प्रश्न गरेका छन्।
साहरुखले अध्यागमनले एक घन्टा नियन्त्रणमा राखेपछि आफू पोके म्यान गेम मोबाइलमा खेलेर बसेको भन्दै आफ्ना फ्यानहरुलाई ट्वीट मार्फत जानकारी गरेका छन्। शाहरुखलाई सन् २०१२ मा अमेरिका जाँदा न्यूयोर्क विमानस्थलमा करिव तीन घण्टा नै नियन्त्रणमा राखेको थियो। भारतमा आफ्ना चर्चित कलाकार शाहरुखलाई अमेरिकी अध्यागमनका अधिकारीहरुले दिएको दुखको कडा टिप्पणी हुने गरेको छ।