रियो । ओलम्पिक खेलकुदमा सबैभन्दा बढी स्वर्णपदक जितेर कीर्तिमान रच्न सफल अमेरिकी स्वीमर माइकल फेल्प्सले स्वर्णपदक संख्यालाई २२ पु¥याएका छन् ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ओलम्पिक गेम्समामात्र फेल्प्सले स्वर्णपदक संख्यालाई ४ पु¥याएका छन् । २०० मिटर इन्डिभिजुअल मिड्लेमा स्वर्णपदक जितेसंगै फेल्प्सले स्वर्णको संख्या २२ बनाएका हुन् ।
यो स्पर्धामा उनका चिरपरिचित प्रतिस्पर्धी रायन लोच्ते भने पाँचौं भए । यो स्पर्धामा जापानी पौडीबाज कोसुके हागिनो दोस्रो तथा चिनियाँ पौजीबाज शुन वाङ तेस्रो भए ।
उनको नाममा थप ४ रजत पदक पनि छ । ३१ वर्षीय फेल्प्सले सम्भवत यो नै अन्तिम ओलम्पिक खेल्दैछन् । तर उनले अझै दुई वटा स्वर्णपदक जित्ने सम्भावना छ ।