एजेन्सी। थाइल्याण्डको छुट्टाछुट्टै ठाउँमा गरि १२ घण्टाभित्र ८ वटा बम बिस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
उक्त हमलामा परि २ जनाको ज्यान गएको र कम्तीमा १५ जना घाइते भएको एक अधिकारीलाई उद्रित गर्दै सिएनएनले जनाएको छ। अहिलेसम्म उक्त हमलाको कसैले जिम्मा लिएको छैन।
बम हमला इरावन स्राइन बम हमलाको एक वर्ष पुग्न ठिक एक दिन अगाडि भएको हो। गत वर्ष इरावन स्राइन हमलामा २० जनाले ज्यान गुमाएका थियो।
कुन-कुन ठाउँमा भयो बिस्फोट
बिहिबार बेलुका ११ बजे थाइल्याडको हु इनस्थित एक रेष्टुरेन्ट बार नजिक दुईवटा बम हमला हुँदा एक जनाको ज्यान गएको शुक्रबार बिहान ८ बजे सुराट थानीस्थित दुई वटा बम हमला र उक्त हमलामा पनि एक जनाको ज्यान गएको थियो। सोहि दिन बिहान ९ बजे फुकेटस्थित पाटङ बिच र बंगला स्ट्रिटमा छुट्टाछुट्टै बम हमला हुँदा एक जना घाइते भएको बिहान ९ बजे पुन: हु हिनस्थित एक क्लक टावर नजिक दुईवटा बम बिस्फोट भएको सिएनएनले जनाएको छ।