- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बिगतको ओलम्पिक संस्करणमा झै पदक तालिकामा अमेरिकाले अग्रता लिएको छ भने चीनले पछ्याइरहेको छ । अमेरिकाको १६ स्वर्ण पुगिसकेको छ भने चीन ११ स्वर्णमा नै अड्किएको छ ।
ओलम्पिकको अघिल्लो संस्करण लन्डन ओलम्पिक २०१२ मा पनि यी दुई राष्ट्र क्रमश पदक तालिकामा पहिलो र दोस्रो भएका थिए । ब्राजिलमा जारी ओलम्पिक खेलकुदमा पनि यी दुई राष्ट्रबीच पदक तालिकाको दौडमा अन्य राष्ट्रहरुलाई उछिन्दै पहिलो द्रोस्रोमा रहेका छन् ।
ओलम्पिकमा यी दुई राष्ट्रलाई प्रमुख स्वर्ण प्रतिस्पर्धीको रूपमा लिइन्छ । गत ओलम्पिक संस्करण लन्डन ओलम्पिक २०१२ मा पनि अमेरिका ४६ स्वर्णसहित पहिलो र ३८ स्वर्णसहित चीन दोस्रो भएको थिए ।
अरू को-को छन् पदक तालिकाको टप टेन भित्र
जापान पनि पदक तालिकामा ७ स्वर्णसहित तेस्रो स्थानमा छ । यसरी समान ५ स्वर्णसहित अष्ट्रेलिया, दक्षिण कोरिया र हंगेरी क्रमश चौथो, पाचौं र छैठौं स्थानमा छन् । रूस, बेलायत र जर्मनी पनि ४ स्वर्णसहित पदक तालिकाको क्रमश सातौं, आठौं र नवौं स्थानमा छन् । र ३ स्वर्णसहित इटाली दशौं स्थानमा छ ।