arrow

मिस र्वल्ड २०१६ को अष्ट्रेलिया प्रतियोगी केनिडीको कार दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
miss-world-aus.jpg.jpeg
एजेन्सी। मिस र्वल्ड २०१६ को लागि अष्ट्रेलियाबाट प्रतिनिधित्व जनाउन लागेकी इस्ली मिलर केनिडीको दुई फ्रान्सेली पर्यटकसहित कार दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापश्चात् एक हप्तादेखि अस्पतालमा भर्ना भएकी केनिडीको गए राति मृत्यु भएको हो। केनिडीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। 
 
उक्त दुर्घटना फ्रान्सेली दुई पर्यटकले गलत दिशामा सवारी चलाएका कारण भएको हुनसक्ने बताइएको छ। अधिकारीहरूले फ्रान्सेली चालकसँग सोधपुछ गर्न बाँकी रहेको स्काइ न्यूजले जनाएको छ। चालक अस्पतालमा उपचारत अवस्थामा छन्। १७ वर्षिय इस्ली केनेडीले अगामी डिसेम्बर २० मा वासिङटन डिसीमा आयोजना हुने भनिएको मिस र्वल्डमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्न लागेकी थिइन्।
 
The scene of the crash that will be investigated by the Cairns Forensic Crash Unit.
 
‘Devastating — Earth Angel Elyse Miller-Kennedy has passed away.’ Picture: Facebook
 
‘Elyse will always be remembered for her beautiful soul.’ Picture: Instagram @elyse1miller



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ