arrow

प्युठानका बाढी पहिरो पिडितलाई जीग्री पाँडेको राहत

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
jigri-pande.jpg.jpeg
प्युठान। जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ। भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो। 
 
हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापा लगायतको टोली प्रभावित स्थानमै पुगेर राहात वितरण गरेका हुन्। सय परिवार बाढी पहिरो पिडितलाई एक एक बोरा चामल, म्याट, औषधीलगायतका सामग्री उनीहरुले वितरण गरेका छन्। 
 
म्युजीक भिडियोको पारिश्रमीक १ लाख रुपैँया राहात सामग्री खरिदका लागि खर्च गरीएको कुमार कट्टेलले जानकारी दिएका छन्। आफ्नो पारीश्रमीकमा अन्य सहयोगी हातहरुको सहयोग थप गरेर पहिलो चरण अन्र्तगत प्रतिष्ठानले प्युठानमा राहत वितरण गरेको उनले बताएका छन्। 
 
पिडितहरुको अवस्था नाजुक रहेकाले सहयोगी हातहरुको ठूलो आवश्यकता रहेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ। अब अर्को चरण अन्र्तगत गुल्मी र झापाका बाढी पहिरो पिडित समक्ष पुग्ने उनीहरुको योजना छ। अब समाजीक काममा सक्रिय रहने प्रतिष्ठानले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ