arrow

नेविसंघको महाधिवेसनमा चितवनबाट अध्यक्ष सहित १० जनाको उम्मेदवारी

logo
प्रस्ताव सुवेदी।
प्रकाशित २०७३ साउन २८ शुक्रबार
NSU-Flag.jpg.jpeg
चितवन। नेपाल बिद्यार्थी संघको ११ औ महाधिवेशन काठमाडौंमा चलिरहेको छ। लामो समयसम्म महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेसन चलिरहँदा ढीलो गरि प्रतिनिधि विवाद टुङ्गिएका कारण महाधिवेशन केहिदिन लम्विन सक्ने देखिएको छ। अहिले काठमाडौमा जारि रहेको महाधिवेनमा देशभरिबाट विद्यार्थी नेताहरु पुगिसकेका छन्। लामो विवाद पछि हुन लागेको महाधिवेसनलाई नेपाली काँग्रेस र नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ। सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने र नभए निर्वाचनबाटै भए पनि महाधिवेशन गराउने मनस्थितीमा काँग्रेस रहेको छ। यो समयमा निर्वाचनका लागि विभिन्न पदमा विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दिई रहेका छन्। यसै शिलशिलामा प्रदेश नम्वर ३ मा चितवनबाट नेविसंघ सभापति सहित विभिन्न पदका लागि १० जनाले उम्मेदवारी दिने तयारी थालेका छन्। अध्यक्ष पदका लागि निलकण्ठ रिजाल, महामन्त्रीका लागि बिनय भट्ट, अरुणेश्वर खनाल, सहमहामन्त्रिका लागि गणेश पौडेल, अनिल अधिकारी र अन्य सदस्यहरु रहेका छन्।
 
चितवनबाट उम्मेदवारी दिन लागेका सवैले शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलब शिक्षालाई अघि सारेका छन्। अध्यक्ष पदको उम्मेदवार रहेका रिजाल चितवनमा रहेर लामो समय विद्यार्थी राजनिति गरेका विद्यार्थी हुन्। नेपाल विद्यार्थी संघको चितवनमा सम्पन्न महाधिवेसनबाट केन्द्रिय सदस्य निर्वाचित रिजालले पछिल्लो समय मनोनित सह महामन्त्री सम्मको जिम्मेवारी वहन गरि सकेका छन्। थापाथलि ईन्जिनियरीङ् कलेजवाट नेविसंघको राजनीति यात्रा सुरु गरेका रिजाल सहनशिल र भद्र स्वभावका रहेका छन्। विद्यार्थीहरुका माझ आफुलाई परिचित गराउदै लैजाने क्रममा विपक्षिसँग कहिल्यै नझुक्ने स्वभावका रिजाल सधै विद्यार्थीको हक हितका लागि लडिरहेका नेता हुन। उनले आफ्नो उम्मेदवारीको मुख्य नार सवैलाई शिक्षा र सर्वसुलभ शिक्षा भन्ने लाई अघि सारेका छन्। यो सँगै संगठन सुदृढ गर्नु उनको मुख्य नारा रहेको छ।
 
महामन्त्री र सह महामन्त्रीमा चितवन बाट २-२ जनाको नाम चर्चामा छ। महामन्त्री पदका लागि बिनय भट्ट र अरुणेश्वर खनाल रहेका छन्। भट्ट त्रिचन्द्र कलेजका स्ववियू सभापति भई सकेका विद्यार्थी नेता हुन। उनि काठमाडौ वसेर नेविसंघको राजनिति गर्दै आएका छन्। कलेजमा स्ववियू सभापति रहदाँ उनले विद्यार्थीहरुको हक हितका लागि निकै संघर्ष गरेका थिए। विद्यार्थीहरुको समस्या समाधानका लागि हरेक समय तयार रहने भट्ट आफुमा विद्यार्थीको मर्म वुझ्न सक्ने र संगठनलाई वलियो बनाएर लैजान सक्ने क्षमता रहेको बताउँछन्। 
 
यस्तै अर्का उम्मेदवार खनाल नेपाल राष्ट्रिय जेशिसका वरिष्ठ उपाध्यक्ष रहेका छन्। हरेक क्षेत्रवाट नेतृत्व गर्न सफल भई सकेका खनाल अहिले नेविसंघको ११ औ महाधिवेसनमा आफु महामन्त्रीको पदमा रहन योग्य ठानेका छन्। चितवनमा विद्यार्थी राजनीति गर्दै आएका खनाल विद्यार्थीका माझ सक्षम नेतृत्वका रुपमा स्थापित भई सकेका छन्। उनले लामो समय चितवनको विद्यार्थी आन्दोलनमा सहभागिता जनाउदै आन्दोलनलाई मुर्त रुप समेत दिन सफल भएका व्यक्ति हुन। नेविसंघ विरेन्द्र वहुमुखि क्याम्पसका पूर्व ईकाई सभापति भई केहि समय जिल्ला सभापति रहेर काम गरी सकेका खनालको सम्पर्क जेसिसमा लागिसकेपछि देशभर रहेको भन्दै आफु प्रत्यासि उम्मेदवार रहेको र विजयी सुनिश्चित रहेको वताउँछन्।
 
लामो समयसम्म महाधिवेसन नहुँदा आफुलाई नेतृत्वमा लगेर आफ्नो क्षमता देखाउन नपाएका विद्यार्थी नेताहरु अहिले नेविसंघमा धेरै मात्रामा रहेका छन्। यस्तै सहमहामन्त्रीको पदमा पनि दुई जनाले उम्मेदवारी दिने वताएका छन्। सह महामन्त्रीमा नेपाल विद्यार्थी संघ चितवनका जिल्ला उपसभापति गणेश पौडेल लागेका छन्। वालकुमारी कलेज चितवनको ईकाई अध्यक्ष हुदै राजनैतिक यात्रा सुरु गरेका उनले बिद्यार्थीहरुको हक र नयाँ पुस्तालाई सम्मानका लागि आफूले उम्मेदवारी दिएको बताए। यस्तै सह महामन्त्रीकै पदमा नेविसंघ विरेन्द्र वहुमुखि क्याम्पसका उपसभापति एवं क्रिकेटर अनिल अधिकारीको पनि चर्चा छ।
 
यस्तै केन्द्रिय सदस्यमा पाँच जनाको उम्मेदवारी रहेको छ। प्रदेश नम्वर तीनको महिला कोटाबाट कल्पना पौडेलको उम्मेदवारी रहेको छ। महिलाहरुमा पनि सक्रिय राजनितिमा लागेकि पौडेल हाल नेपाल विद्यार्थी संघ चितवनको उपसभापति, मैयादेवि कन्या कलेजको ईकाई सभापतिमा रहि काम गरेकी छिन। आफु पदमा रहदाँ आफ्नो जिम्मेवारीलाई पालना गर्दै छात्राहरुको हक अधिकारका लागि अगाडि वढ्दै आएकी पौडेल अहिलेको अधिवेशनमा पनि महिलाको अधिकार सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी रहेको पौलेलले बताइन। 
 
यस्तै मुकेश सापकोटाले आफुलाई प्राविधि विद्यार्थी क्षेत्र तर्फबाट केन्द्रिय सदस्यको उम्मेदवार रहेको बताएका छन्। लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनितिमा लागेका उनि नेपाल विद्यार्थी संघ काठमाडौं ईन्जिनियरीङ् कलेजको ईकाई सभापतिमा रहि काम गरेका छन्। सापकोटको राजनैतिक यात्रा भने चितवनमा रहेको अर्किट साईन्स कलेज बाट सुरु भएको हो। आफुलाई नेतृत्वमा अघि सारेका सापकोटा अहिले प्राविधि शिक्षालाई मर्यादित र व्यवस्थित बनाउनु पर्छ भन्दै आफ्नो नेतृत्व आवश्यक रहेको दावि गर्दै आएका छन्। चितवन जिल्लाका स्थायी वासिन्दा सापकोटा युवा पुस्ता माझ लोकप्रिय मानिन्छन्।
 
यता नेविसंघ चितवनको जिल्ला नेतृत्व गर्ने सवै जसो विद्यार्थी नेताहरुले केन्द्रमा आफुलाई उम्मेदवार वनाउदै गर्दा जिल्लामा नेतृत्व गर्न भन्दा केन्द्रमा रहर जागेको देखिन्छ। केन्द्रिय सदस्यमा चिवनतबाटै बिष्णुहरी थापा, सुदर्शन सुवेदी र राजन दहाल रहेका छन्। यी केन्द्रीय कार्यसमितिमा जान चाहने नेतृत्वहरुलाई जिताउनका लागि जिल्ला कार्यसमिति लागि परेको जिल्ला सभापति सुर्य ढकालले जानकारी दिए। नेविसंघको अधिवेशन बिबादका कारण लामो समय सम्म हुन नसक्दा हरेक क्षेत्रमा नेतृत्व गर्नेको होडवाजी चलेको हुन सक्ने अनुमान जनजनमा रहेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ