arrow

पूर्वाञ्चल विश्वबिद्यालयतर्फ केन्द्रीय सदस्यमा सरोज राईको दावेदारी

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
saroj-rai.jpg.jpeg
काठमाडौं। नेपाल बिद्यार्थी संघको ११ औ महाधिवेशन काठमाडौंमा चलिरहेको छ। लामो समयसम्म महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेसन चलिरहँदा ढीलो गरि प्रतिनिधि विवाद टुङ्गिएका कारण महाधिवेशन केहिदिन लम्विन सक्ने देखिएको छ। अहिले काठमाडौमा जारि रहेको महाधिवेनमा देशभरिबाट विद्यार्थी नेताहरु पुगिसकेका छन्। लामो विवाद पछि हुन लागेको महाधिवेसनलाई नेपाली काँग्रेस र नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ। निर्वाचनको हुने माहौल बनिरहँदा विभिन्न पदमा विभिन्न उम्मेदवारहरुले उम्मेदवारी दिई रहेका छन्। 
 
यसैक्रममा पूर्वाञ्चल विश्व बिद्यालयतर्फ केन्द्रीय सदस्यमा सरोज राईले दावेदारी पेश गरेका छन्। नेविसंघमा २०५६ सालबाट सदस्यता लिएर प्रवेश गरेका राई २०६०मा ईन्जिनिरयरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरान इकाइमा सदस्य भएका थिए। २०६४ सालमा केसीसी ईन्जिनियरिङ कलेजको उपसभापती भएका राई २०६६ सालमा कार्यबाहक सभापति भएका थिए। २०६७ हाल देखी २०७० सम्म केसीसी इकाइ सभापति भएका उनले शिक्षामा गुणस्तरको वकालत गर्दै आएका छन्। 
 
२०६६ साल देखी केसीसी काउन्सिल सदस्य भएयता नेपाल विद्यार्थी संघका हरेक कार्यक्रममा क्रियासिलता जनाउँदै आएका राई पूर्वाञ्चल विश्वबिद्यालयतर्फ केन्द्रिय सदस्यको उमेद्वार भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ