arrow

नेविसंघ महाधिवेशनमा आएका विद्यार्थीहरु बिरामी पर्न थाले, कतिपय घर फर्किदै

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सुरु भएको ६ दिन बितिसक्दा पनि प्रतिनिधिको नामावली सार्वजनिक हुन सकेको छैन्। प्रतिनिधि विवाद समाधान भइसकेको बताइए पनि अझै नामावली समेत सार्वजनिक हुन नसके पछि बिद्यार्थीहरु बिच अझै अन्योल कायम छ।
 
बुधबार नै समाधान भएर नामावली तयार भएको जनाइए पनि शुक्रबार बेलुकीसम्म समेत नामावली सार्वजनिक नहुँदा र परिचयपत्र बितरण हुन नसक्दा कतिपय जिल्लाबाट आएका प्रतिनिधिहरु बिरामी परेको तथा घर फर्कन थालेको बताइएको छ। अझै पनि जिल्लाका प्रतिनिधि थपघट गर्न नाम सार्वजनिक हुन नसकेको कतिपयले बताएका छन्।
 
महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतको निवासमा पटकपटक समस्या समाधानका लागि बैठक बसेर प्रतिनिधि विवाद मिलाइएको हो।  प्रतिनिधिहरु छान्ने क्रममा देखिएको बिवाद समाधान भैसकेको र केही प्राबिधिक काम बाकी भएकोले आजै नामावली टाँसिने अध्यक्षका प्रत्यासी दिपक भट्टराईले जानकारी दिए। सम्भव भए आजैबाट परिचयपत्र वितरण थालिने उनले बताए।
 
भृकुटीमण्डपमा २३ गते देखि हल बुक गरिएको भए पनि महाधिवेशनको कार्यतालिका लम्बिए पछि सम्पूर्ण बाँकी कार्यतालिका कांग्रेस मुख्यालय सानेपाबाट गरिने बताइएको छ। नामावली प्रकाशन, परिचयपत्र बितरण तथा निर्वाचन सबै बाँकी तालिका कांग्रेस मुख्यालयबाट गरिने बताइएको छ। बन्दसत्र समेत नभइ निर्वाचनमा जाने चर्चासगै नीतिगत कुराहरु पास गर्न बन्दसत्र जसरी पनि गर्नु पर्ने एकथरी बिद्यार्थीहरुले आवाज उठाउन थालेका छन्।
 
महाधिवेशन हुने संकेत देखिए पनि जिल्ला जिल्लाबाट बिद्यार्थीहरु आएर अझै अन्योलमा बसिरहेका छन्। कतिपय विद्यार्थीहरु होटल होटलमा बिरामी पर्न थालिसकेका छन्। कतिपय भने घर समेत फर्किन थालेका छन्। पोखराका केहि प्रतिनिधीहरु घर फर्केको सुवर्ण क्षेत्रीले जानकारी दिए। अब ढीला नगरि जिम्मेवार भएर नेतृत्वले महाधिवेशनलाई चाडोभन्दा चाडो सुरु गर्नुपर्ने अध्यक्षका आंकाक्षी निलकण्ठ रिजालले बताए। 
 
बिद्युतीय माध्यमबाट मतदान गर्ने तयारी गरिएको बताइएको छ। आज नामावली सार्वजनिक हुन सके भोली बिहान उम्मेदवारको नाम दर्ता गर्ने र दिउँसोबाट मतदान गर्न सकिने बताइए पनि शनिवार मतदान हुन सक्ने सम्भावना न्युन रहेको बताइएको छ। यसरी नै हरेक काम कारवाही ढिला हुदै जाने हो भने नेपाल बिद्याथी संघको महाधिवेशन अझै केही दिन लम्बिने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ