arrow

धार्मिक नगरी वाराणसीमा प्रधानमन्त्री देउवा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
pm-deuba-banaras.jpg

काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । 

बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नै पुगेका थिए । 

त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गरेका छन् । साथमा मन्त्रीहरु पनि रहेका छन् । 

साथै प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्दैछन् ।  

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । शुक्रबार भारतको भ्रमणमा गएका देउवा आजै अपराह्न वाराणसीबाट नयाँदिल्ली गई नयाँदिल्लीबाट काठमाडौँ फर्कने कार्यक्रम छ । 

हिजो महत्वपूर्ण दिन विभिन्न सहमति र सम्झौता भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ