एजेन्सी । मेक्सिकोको एक चर्चमा खिचिएको एक भिडियो भाइरल भएको छ । उक्त भिडियोमा जिजस क्राइष्टको मूर्तिको आखा केहि समय खुल्ला देख्न सकिन्छ । सो भिडियो को सत्यता माथि त्यहाका पुरातात्विक विज्ञ इवान एश्केमिलाले भने , 'भिडियो प्रामाणिक छ र यसमा कुनै आपत्तिजनक बिषयबस्तु देखाइएको छैन ।' उनले भने '२० जना पुरातात्विक विज्ञ र पादरिहरुले एक हफ्ता सम्म सो भिडियो हेरेर जीससले आँखा खोलेको निष्कर्षमा पुगेका छन् ।'
डेलीमेलका अनुसार , सेल्टिलियो स्थित रोमन क्याथोलिक चर्चले सो भिडियो देखाउन अस्विकार गरेको छ । विश्वका धेरै मानिसहरुले सो भिडियोमा एनिमेशनको प्रयोग गरेर जिजसको आखाँ खोलेको हुन सक्ने धारणाा राख्दै आएका छन् ।