arrow

संविधान संशोधन गरी सीमाङ्कन टुङ्गो लगाउनुपर्छ : नेता भट्टराई

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सहमतिका आधारमा संविधान संशोधन गरेर भएपनि जतिसक्दो चाँडो प्रदेशसम्बन्धी सीमाङ्कनको मुद्दालाई टुङ्गो लगाउनुपर्ने बताएका छन् । 
 
नयाँ“ शक्ति पार्टी नेपाल, राजनीतिक संवाद समितिद्वारा आज आयोजित विभिन्न क्षेत्रका बुद्धिजीवी तथा नागरिक समाजका अगुवासँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले दीर्घकालीन राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिए । 
 
संविधान जारी भइसकेको अवस्थामा मुलुकमा व्याप्त सबै प्रकारका विभेद अन्त्य गर्दै संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 
 
संयोजक डा भट्टराईले मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीको अन्त्य गर्नुपर्नेमा समेत जोड दिए । 
 
नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित र अर्थविद् डा विश्वम्भर प्याकुर्‍याल लगायतले जनताले राजनीतिक अस्थिरताभन्दा पनि विकास चाहेको हुँदा संविधान कार्यान्वयनसँगै मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ