arrow

भारत भ्रमणलाई फलदायी बनाउँदै प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
sher-bahadur-deuba-pm-airport-2078.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे । 

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । 

उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए । 

भ्रमण फलदायी भएको प्रधानमन्त्री देउवाले बताएका छनु् । मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ