arrow

केपी ओलीबाहेक जोसँग पनि सहकार्य गर्न सकिन्छ : माधव नेपाल 

logo
सुनील आउजी,  
प्रकाशित २०७८ चैत २० आइतबार
277855793_401893914607413_5209952339934748279_n.jpg

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन् ।  उनले केपी ओली बाहेक अरु जोसँग पनि सहकार्य गर्न सकिने बताए । 

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीकाविरुद्ध अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य अर्थात् तालमेल हुन्छ ।’ 

उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच तालमेल हुने बताउँदै सहमतिलाई इमानदारीका साथ पालना गर्न सबैलाई आग्रह गरे । कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दसहित सोही नगरपालिकाका पाँच वडा अध्यक्षलाई पार्टी प्रवेश गराउन सुदूरपश्चिम पुगेका अध्यक्ष नेपालले समाजवादीमा प्रवेश गर्नेको देशभर नै लहर चलेको बताए । 

उनले भने, ‘‘प्रवेश गर्नेको लहर देखेर केपी ओलीको दिमाग नै हडबडिएको छ, उनी न्वारनदेखिको बल लगाएर रोक्ने प्रयास गरिरहेका छन् । तर कुनै पार लाग्ने वाला छैन ।’ 

आफ्नो पार्टी सही विचार, सही नीति, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टी प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको नेता नेपालको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउनु स्वभाविक भएकाले त्यसबारे छलफल भैरहेको अध्यक्ष नेपालको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ