arrow

राजनीतिलाई अपराधमुक्त गरिनुपर्छ: गृहमन्त्री निधि

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
nidhi.jpg.jpeg
पोखरा । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिलाई अपराधमुक्त गरिनुपर्ने बताएका छन् । रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टद्वारा आज आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व रामजी पौडेल ‘बादल’ को प्रथम वार्षिक स्मृतिसभामा निधिले राजनीतिलाई अपराधमुक्त गर्नुपर्ने र समाजमा बसोबास गर्ने जो कोही व्यक्ति सुरक्षित बन्नुपर्ने धारणा राखे। 
 
रहस्यात्मक रुपमा भएको बादलको हत्याले नेपाली काँग्रेसका साथै समग्र राष्ट र लोकतन्त्रले क्षति बेहोर्नु परेको बताउँदै उनले हत्याका दोषीले सजाय पाउनुपर्ने बताए । हत्याको छानबिनका सम्बन्धमा अदालतको जारी प्रक्रिया एवम् कारबाहीमा सरकारले सहयोग गर्ने उनले उल्लेख गरे । 
 
देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन आवश्यक रहेको छ भन्दै गृहमन्त्री निधिले संविधानका सम्बन्धमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर विद्यमान समस्या समाधान गरिने बताए । 
 
“माओवादी केन्द्रसँग भएको सातबुँदे सहमति र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति सरकारको भावी कार्यदिशाको गन्तव्य बिन्दु हो”– उनले भने , “सबै किसिमका समस्या समाधान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणलगायतमा सरकार सक्रियताकासाथ लागिपर्नेछ, २०७४ माघ ७ सम्म सबै तहको निर्वाचन सम्पन्न नगरे संविधान धरापमा पर्न सक्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ