arrow

अग्रजहरुको प्रेरणा र हजारौ विद्यार्थीको साथमा रुपा पोखरेल चुनावी मैदानमा

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
rupa-pokhrel.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनको बन्दसत्र र निर्वाचनको कार्यक्रम नेविसंघका प्रतिनिधीहरुले अधैर्य भएर प्रतिक्षा गरिरहेका छन्। ९ बर्षपछि हुन लागेको महाधिवेशनमा धेरै विद्यार्थी नेताहरुले नेतृत्वमा आकाँक्षा समेत देखाएका छन्। 
 
केन्द्रीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका दर्जनौ उम्मेदवारहरु मैदानमा छन्। यो प्रतिष्पर्धामा महिला विद्यार्थीहरु पनि अग्रमोर्चामा छन्। यो प्रतिष्पर्धामा रहेकी उमेद्वार हुन रुपा पोखरेल। समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तिर्ण गरेसकेकी पद्मकन्या क्याम्पसमा अध्ययनरत रुपा पोखरेल यो महाधिवेशनबाट नेविसंघको केन्द्रीय सदस्यमा जान उत्साहित छन्। 
 
पद्मकन्या क्याम्पसबाट दुई पटक स्ववियु सदस्य जितिसकेकी रुपा अहिले क्याम्पस इकाई कमिटीको बरिष्ठ उपाध्यक्ष रहेकी छिन्। नेविसंघमा लामो अवधिसम्म महाधिवेशन नहुँदा थुप्रै विकृति मौलाएका बताउने उनले ती विकृतीलाई हटाउँदै विद्यार्थीहरुको हकहित संरक्षणका लागि आफ्नोतर्फबाट केन्द्रीय समितिमा रहेर योगदान गर्न उम्मेदवारी दिएको बताएकी छन्। 
 
विगत १२ बर्षदेखि नेविसंघको राजनीति गदै आइरहेकी पोखरेलले नेविसंघको राजनीतिमा आफूले कसैलाई पनि चिढ्याउने काम नगरेको दावी गर्छिन। संगठनका लागि जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने मान्छे भएकोले पनि सबै साथीहरुको सद्भाव सहयोग लिएर चुनाव जित्ने दावी पोखरेलको छ। 
 
पोखरेल भन्छिन, ' नेविसघ ९ बर्षसम्म महाधिवेशन नभएर भताभुङ्ग भएको छ। यसलाई पुर्नजिवन दिनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ। चुनाव नभएर नेविसंघमा ठूलो भ्याकुम रहेको छ । त्यो पुर्न आवश्यक छ। संगठनभित्र देखिने गरी नै गुण्डागर्दी मौलाएको छ। त्यसलाई पनि तह लगाउन आवश्यक छ। संगठनमा आर्थिक पारदर्शिता नभएर संगठन डुबेको छ। यसलाई पनि पार लगाएर संगठनलाई चुस्तदुरुस्त राख्नु आवश्यक छ।' 
 
एउटा बौद्धिक वर्गहरुको संगठन निर्माण गरि साँच्चिकै विद्यार्थी आन्दोलनको अगुवा संगठन निर्माण गर्ने योजना रहेको बताउने उनले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायत सयौं नेताको सहयोग रहेको बताएकी छन्। सिङगो पिके क्याम्पसका विद्यार्थी एवं कर्मचारीको पनि आफूलाई सहयोग रहेका उनको भनाइ छ। 
 
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालको स्रोत साधानलाई पहिचान गरि उपभोग गर्न सक्ने, नेपालको मौलिकतामा आधारित सामान्य जनताको पहुँचमा पुग्न सक्ने, पहुँचको ग्यारेन्टी गर्न सक्ने, अवसर र पहुँचको ग्यारेन्टी भएका शैक्षिक कार्यक्रम र अबको शिक्षा निति बनाउनुपर्ने पोखरेलले आफ्नो योजना सुनाइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ