arrow

नेविसंघका सिपाही गोपी शिवाकोटी सहमहामन्त्रीमा भिड्दै

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
gopi-shiwakoti.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनको बन्दसत्र र निर्वाचनको कार्यक्रममा ढीलाई हुँदै गर्दा धेरैको धैर्यताको वाँध टुट्न लागेको छ। तर संकटको वेलामा मात्र धैर्यताको परिक्षा हुन्छ भन्ने गोपी शिवाकोटी महाधिवेशनबाट नेतृत्वमा पुग्ने तयारीमा लागिपरेका छन्। गणतन्त्रको आन्दोलनमा चाहविलको पशुपति क्याम्पसमा तत्कालिन राज्यसत्ताको निशानामा परेर विद्यार्थी राजनीति गर्नु र आन्दोलनमा उर्जा थपिरहनु चानचुने कुरा थिएन। गणतन्त्रको आन्दोलनमा धेरै धेरैठाउँबाट योगदान पुर्‍याए। आन्दोलन सफल भयो । त्यो सफलता गोपीहरु जस्तै जुझारु विद्यार्थीहरुको वलवुतामा मात्र सम्भव थियो। 
 
अहिले चाहविलका गोपी नेविसंघको नेतृत्वको लागि आकाँक्षी भएर मैदानमा उत्रिएका छन्। नेविसंघका प्रतिनिधीहरुले अधैर्य भएर प्रतिक्षा गरिरहेका ९ बर्षपछि हुन लागेको महाधिवेशनमा धेरै विद्यार्थी नेताहरुले नेतृत्वमा आकाँक्षा देखाएका छन्। 
 
तिनै आकाँक्षीहरुको लाइनमा सहमहामन्त्री पदका दावेदार हुन गोपी शिवाकोटी। विद्यालय पढ्दादेखिनै नेविसंघको इकाइ अध्यक्ष भएर नेविसंघको राजनीतिमा प्रवेश गरेका गोपी पशुपति वहुमुखी क्याम्पसको इकाइ सदस्य हुँदै स्ववियू सदस्यमा पनि निर्वाचित भएका थिए। त्यसपछि भने उनी इकाइ उपाध्यक्ष हुँदै अध्यक्ष समेत भए। नेविसंघ दोलखा काठमाडौं सम्पर्क समितिका सभापति समेत भएका गोपी साथीहरुको सल्लाहमा नेविसंघको सहमहामन्त्रीमा विजयी भएर नेविसंघलाई हाक्ने ठाउँमा पुग्न चाहेको बताउँछन्। संगठनका लागि जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने मान्छे भएकोले सबै साथीहरुको सद्भाव सहयोग लिएर चुनाव जित्ने दावी शिवाकोटीको छ। 
 
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालको स्रोत साधानलाई पहिचान गरि उपयोग गर्न सक्ने, नेपालको मौलिकतामा आधारित सामान्य जनताको पहुँचमा पुग्न सक्ने, पहुँचको ग्यारेन्टी गर्न सक्ने, अवसर र पहुँचको ग्यारेन्टी भएका शैक्षिक कार्यक्रम र अबको शिक्षा नीति बनाउनुपर्नेमा शिवाकोटीले जोड दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ