arrow

ईन्जिनियर प्रकाश केसी पनि महामन्त्रीको उम्मेदवार

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
prakash-kc.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका पुर्ब सभापति ई.प्रकाश केसी (पिआर)ले नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा केन्द्रिय महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेका उनी अस्कल क्याम्पसमा नेबिसंघ उपाध्यक्ष, नेबिसंघ क्याम्पस समन्वय समिती कास्कीको संस्थापक सभापति, डब्लुआरसिको सभापति हुँदै हाल महामन्त्रीमा आफ्नो दाबी गरिरहेका छन्। 
 
जुझारु नेताका रुपमा विद्यार्थीहरुमाझ परिचित केसीले ०६२/६३ सालको जनआन्दोलन देखि विभिन्न विदयार्थी आन्दोलनमा गरि पटक पटक जेल जीबन बिताएका छन्। आँटी स्वभावका उनले माओवादी ज्यादती विरुद्ध पोखराबाट सुरु भएको प्रतिकारको नेतृत्व गरेका थिए। उम्मेदवारीको विषयमा आफ्नो दावी प्रस्तुत गर्दै उनले महामन्त्रीका उमेद्वारका रुपमा तीनओटा एजेन्डा रहेको र त्यसलाई पूरा गर्न उम्मेदवारी दिएको बताए। 
 
०६२/६३ को जन आन्दोलनको सफलता पछि दिशाबिहिन भएको विद्यार्थी राजनीतिलाई नेबिसंघको नेतृत्वमा बिकाससंग जोड्ने, नेबिसंघको २-२ वर्षमा महाधिबेसन गर्दै वास्तविक विद्यार्थीको नेतृत्व स्थापित गर्ने र ९ वर्षदेखि हुन नसकेको स्वबियु चुनाव सम्पन्न गराउने एजेन्डा लिएर विद्यार्थी प्रतिनिधिहरु बिच जाने र सबै विद्यार्थी प्रतिनिधिहरुलाइ आफ्नो मत प्रकट गरि बिजयी बनाउन उनले अपिल पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ