arrow

सर्वोच्चले रमेश सिलवालको रिट खारेज गर्‍यो, घिसिङ स्वतः सदस्य सचिव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
sag-ramesh-silwal.jpg
तस्बिर– फाइल

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ । सिलवालले आफूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलाशले रिट खारेज गरेको हो । योसँगै सरकारले यसअघि नियुक्त गरेका टंकलाल घिसिङले सदस्य सचिवमा स्वतः निरन्तरता पाएका छन् ।

१३ औं सागको आयोजना गर्दा भएको भ्रष्टाचारको विषयमा सिलवालले स्पष्ट जवाफ दिन नसकेको र कार्यसम्पादन पनि गर्न नसकेको आरोपसहित सिलवाललाई सरकारले गत कार्तिक १ गते बर्खास्त गरेको थियो । 

सिलवालले राष्ट्रिय खेलकुद परिषद ऐनकोसमेत पालना गरेका थिएनन् । उनले कोरोना कालमासमेत कुनै काम गरेका थिएनन् । जसका कारण उनी आलोचित भएका थिए । 

एमालेका नेतासमेत रहेका सिलवालको विवादित छविकै कारण सरकारले हटाएको थियो । त्यसपछि सरकारले घिसिङलाई सदस्यसचिवको जिम्मा दिएको थियो । 

तर सिलवालले सहजीकरण गर्नुको सट्टा अदालतमा गए । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ