arrow

मुकेश प्राविधिक बिद्यार्थी क्षेत्र फोट्सबाट लड्दै

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
mukesh-sapkota.jpg.jpeg
काठमाडौँ। नेविसंघको महाधिवेशन संगै उम्मेद्द्वारी घोषणा गर्ने क्रम बढ्दो छ । नेविसंघ केन्द्रिय सदस्यमा मुकेश सापकोटाले उम्मेद्द्वारी घोषणा गरेका छन्। काठमाडौँ इन्जिनियरिंग कलेज कालिमाटीका इकाई अध्यक्ष सापकोटाले सो घोषणा गरेका छन् । नेविसंघमा निकै सक्रिय मुकेश प्राविधिक बिद्यार्थी क्षेत्र फोट्स (FOTS) बाट उम्मेद्द्वारी दिने छन्। प्राविधिक बिद्यार्थी नेताहरुको विचार, गुनासो र सुझाव लिदै र सुन्दै उनले केन्द्रिय सदस्य प्राविधिकबाट केन्द्रिय सदस्यमा उम्मेद्द्वारी घोषणा गरेको मुकेशले बताएका छन्। नेविसंघलाई प्रभावकारी, क्रियाशील र थप सकारात्मक सुद्रीढीकरण गर्दै संगठन मजबुत बनाउन उनले उम्मेद्द्वारी दिएका हुन्।  हाम्रो नेतृत्व हाम्रै नीति र आधार शैक्षिक रुपान्तरण संगै संगठनिक सुधार गर्न नेविसंघको ११ औ महाधिवेशनमा प्राबिधिक तर्फ स्वच्छ छविका बौद्दिक व्यक्ति एवं लोकप्रिय बिद्यार्थी नेता मुकेश सापकोटालाई केन्द्रिय सदस्यमा जिताउन भन्ने नाराका साथ उनि अगाडी बढेका छन्। चितवन जिल्लाका स्थायी वासिन्दा सापकोटा युवा पुस्ता माझ लोकप्रिय मानिन्छन ।
 
चितवन जिल्लाको भरतपुरमा जन्मिएर +२ सम्मको शिक्षा चितवनबाटै सकाएर हाल नेपाल इन्जिनियरीङ कलेजमा स्नातक तहमा अध्ययनरत मुकेश सापकोटा सो कलेजमा नेपाल विद्यार्थी संघको इकाई सभापति हुनुहुन्छ र आसन्न नेवि संघको ११ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि तीव्र तयारीमा लागेका छन्।  । नेविसंघको संगठनलाई मजबुद बनाउन र प्राविधिक शिक्षालाई आम नेपाली विद्यार्थीहरुको पहुँचमा सहजै विस्तार गर्नु पर्ने विषयलाई मुख्य शैक्षिक मुद्दा बनाएर नेविसंघको राजनीतिमा सक्रिय हुँदै आएका छन्। 
 
नेविसंघलाई प्रभावकारी, क्रियाशील र थप सकारात्मक सुदृढीकरण गरि एक मात्र सही संगठनका रुपमा स्थापित गराउने र बजवुद संगठन बनाउनका लागि मेरो उम्मेदवारी दिएको बताउने उनले प्राविधिक क्षेत्रमा मौलाएको व्यापारीकरणको अन्त्य, माफियाहरुको निर्मुल नै गर्दै प्राविधिक हकलाई देश विकासतिर होम्याउनु नै मेरो मुख्य उद्देश्य हो र विदेशिएका युवाहरुलाई स्वदेशमा रोजगारीको अवसर प्राप्त होस् भन्ने अपेक्षा राखेका छन्। 
 
नेपाली काँगेसको तत्कालिन नेतृत्वले उचित समयमा नै नेविसंघको महाधिवेशन नगर्नु, भातृ तथा सुभेच्छुक संस्थाको महाधिवेशन नगर्नु चाकडी, चाप्लुसी र गणेश प्रबृतिका मान्छहरु हावी हुनु लगायतका कारण नेविसंघमुखी भन्दा नेतामुखी भएको जस्तो लाग्नु स्वाभाभिक भएपनि लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै भातृ संगठनको महाधिवेशन बेलैमा गरिदिए चाकरी वा नेतामुखी प्रबृत्ति स्वतः आफै अन्त्य भएर जाने उनको धारणा छ।
 
यस्तै मुकेश सापकोटाले आफुलाई प्राविधि विद्यार्थी क्षेत्र तर्फबाट केन्द्रिय सदस्यको उम्मेदवार रहेको बताएका छन्। लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनितिमा लागेका उनि नेपाल विद्यार्थी संघ काठमाडौं ईन्जिनियरीङ् कलेजको ईकाई सभापतिमा रहि काम गरेका छन्। सापकोटको राजनैतिक यात्रा भने चितवनमा रहेको अर्किट साईन्स कलेज बाट सुरु भएको थियो। आफुलाई नेतृत्वमा अघि सारेका सापकोटा अहिले प्राविधि शिक्षालाई मर्यादित र व्यवस्थित बनाउनु पर्छ भन्दै आफ्नो नेतृत्व आवश्यक रहेको दावि गर्दै आएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ