arrow

राष्ट्रिय टोलीमा फर्किए मेस्सी

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
messireturn.jpg.jpeg
एजेन्सी । अर्जेन्टिना का विश्व प्रसिद्द खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन्। मेस्सीले अमेरिकामा भएको कोपा अमेरिकाको फाइनल खेलमा चिल्लीसँग पराजित भएपछि भावुक बन्दै अन्तराष्ट्रिय  खेल जिवनबाट संन्यासको घोषणा गरेका थिए ।
 
 उनिलाई सन्यास फिर्ता लिन विश्व फुटबल समर्थक , सहकर्मीले अनुरोध गरेका थिए । त्यस्तै , अर्जेन्टिनाका राष्ट्रपती, डिएगो म्यारोडोना, तथा हालका कोच एडगार्डो वुडाले भेटेरै संन्यास फिर्ता लिन आग्रह गरेका थिए। अर्जेन्टिनाका माथिल्लो डिभिजनका सम्पुर्ण क्लबले मेस्सी राष्ट्रिय टोलीमा नफर्किए सम्मका लागि लिग बहिष्कार गरेका थिए।
 
 संन्यास फिर्ता लिन चौतर्फी दबाब बढेपछि उनले आफ्नो निर्णय फिर्ता लिएका हुन्। अर्जेन्टिनाको लागि सर्वाधिक ५५ गोल गरेका मेस्सीको आगमनले अर्जेन्टाइन टोलीले राहत महशुस गरेको छ। आउने सेक्टेम्बरमा फिफा विश्वकप २०१८ को लागी छनौट प्रतियोगितामा अर्जेन्टिनाले भेनेजुएला तथा उरुग्वेसँग प्रतिस्पर्ध गर्दैछ जसका  लागी २७ जनाको टोली घोषणा गरिएको छ टोलिको कप्तानी भने मेस्सीले गर्नेछन्।



नयाँ