arrow

कालाजारका छ बिरामी भेटिए

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
fever.jpg.jpeg
पाल्पा । जिल्लामा पछिल्ला दुई वर्षको अवधिमा कालाजारको बिरामी भेटिन थालेका छन् । 
 
तराईका जिल्लामा महामारीका रुपमा रहेको कालाजारको जीवाणु यसवर्ष पाल्पाका छ जना बिरामीमा भेटिएको छ । अघिल्लो वर्ष तीन जनामा कालाजारको जीवाणु भेटिएको थियो । 
 
पाल्पाका मानिस तराईमा बसोबास गर्ने र आफन्तका घरमा आवतजावतले गर्दा कालाजारका बिरामीको सङ्ख्या बर्सेनि बढ्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 
डेढ वर्षअघि रुप्सेमा दुई र गेझामा एक जना बिरामीमा कालाजारका जीवाणु भेटिएको थियो । यो वर्ष मस्याम, दोभान, देउराली, सत्यवती, हुँगी र पीपलडाँडामा एक÷एक जना गरी छ जना कालाजारका बिरामी फेला परेको बताइएको छ । 
 
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार कालाजारका बिरामीलाई तीव्र ज्वरो आउने, छालामा कालो दाग देखिने, वान्ता हुनेलगायत लक्षण देखिन्छ । युनाइटेड अस्पताल मिसन र लुम्बिनी मेडिकल कलेजमा कालाजार रोगको परीक्षण र उपचार हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाशङ्करप्रसाद चौधरीले बताए । 
 
बढ्दो गर्मी, प्रदूषण, बसाइँसराइ, स्याण्डफ्लाइ भुसुनाको टोकाइबाट कालाजार सर्न सक्ने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ