arrow

राष्ट्रपतिलाई भेटे प्रधानमन्त्रीले

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
bidyadevi.jpg.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ । 
 
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो । 
 
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको हो । 
 
प्रधानमन्त्री दाहालले आइतबार सरकार विस्तारको तयारी गरेकाले सोही विषयमा छलफल केन्द्रीत रहेको स्वकीय सचिव मल्लले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ