arrow

विदेशी नागरिकको झोला भिरमा फेला

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन २९ शनिबार
passport-frances.jpg.jpeg
स्याङ्जा। स्याङ्जाको तिनदोवाटे गाविस वडा नं. ६ स्थित चिउरी भिरमा फ्रान्सकी नागरिकको झोला फेला परेको छ । फ्रान्सको नागरिकता, पास्पोर्ट, लगाउने कपडा र डाइरी सहितको झोला फेला फेला परेको हो ।
 
 अन्दाजी ३६ बर्षिय फ्रान्सकी मेलानी फर्नान्डे वडेट्टे नाम उल्लेख गरेको महिला रहेको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फालिएको झोला स्थानीयले खोलेर हेरेपछि पास्पोर्ट फ्रान्सको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
 वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालका अनुसार झोलामा महत्वपूर्ण कागतजात लगाउने कपडा सहितको झोला फेला परेको बताए । झोलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बरालको भनाई छ । 
 
नेपाल घुम्न आएको हुन सक्ने अनुमान रहेको छ । बुटवल देखि पोखरा वा पोखरा देखि बुटवल जादै गरेको हो भन्ने अहिले सम्म पहिचान हुन सकेको छैन । प्रहरीले झोला फेला पारेको चिउरी भिरमा खोजतलास गरिरहेको जनाएको छ । झोला चोरी गरेर कसैले फालेको वा बसमा सवार गर्दा झोला खसेको वा कुनै दुर्घट्नामा परेको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
 
 फेला परेको डाइरीमा पोखरा, वालिङ, पाल्पा र बुटवलका नामहरु उल्लेख गरिएपनि अहिले सम्म कुनै विषय फेला परेको छैन । विदेशी नागरिकको झोला फेला परेपछि अहिले स्याङ्जामा सन्सनी छाएको छ भने प्रहरीले आफ्नो मातहतका सबै स्थानहरुमा परिचालन गर्दै खोजतलास तथा सोधपुछ समेत गरिरहेको प्रहरी निरिक्षक बरालले जानकारी दिए । प्रहरीले फ्रान्सको नेपाल हेर्ने राजदुतावास सम्म महिलाको नाम ठेगाना पठाएको छ । यस बारे जानकारी आउदै गरेको बताइएको छ ।  फेला परेको पास्पोर्ट नं. 15cz00695 उल्लेख रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ