arrow

रोल्पा कांग्रेसले सम्झियो कोइरालालाई

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन २९ शनिबार
rolpacongress.jpg.jpeg
रोल्पा । नेपाली कांग्रेस रोल्पाले आज नेपाली कांग्रेसका पूर्व पाटी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई सम्झिएको छ । स्वर्गिय कोइराला को ७७ औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस रोल्पाले एक समारोहका वीच कोइरालालाई सम्झिएको हो ।
 
कार्यक्रमका सहभागिहरुले कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक र निष्ठावान नेता भएको बताउदै उहाले देखाएको बाटो, निष्ठा, नैतिकता र सरल जीवन पद्धतिलाई पार्टीले प्रेरणाको रुपमा लिनुपर्ने मा जोड दिए ।
 
कोइरालाको अतुलनिय योगदानको स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका भातृ एवम् शुभेच्छुक संघका प्रमुख एवम् प्रतिनिधि, कार्यकर्ता तथा कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ