arrow
ADVERTISEMENT

हतियारसहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
arrest1.jpg

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । 

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ