काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
नेदरल्याण्ड्सको भीआरए ग्राउण्ड एम्स्टेल्भिनमा जारी खेलमा नेपालले टस हारेर पहिले व्याटिङ गरिरहेको छ ।
नेपाली प्रशिक्षक जगत टमाटाले बलिङ्मा सामान्य हेरफेर गरेको भनिएपनि ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले नै ओपनिङ गरेका छन् । यो टिम सेटबाट आशा गरिएको उनले बताएका छन् ।
बलिङमा स्पिनर सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनलाई खेलाइने भएको छ । यस्तै, अर्का स्पिनर शक्ति गौचन अर्को म्याचमा खेल्ने भएका छन् ।
नेपालले सुरुवाती ब्याटिङ आशलाग्दो गरेको छ । यद्यपि, नेदरल्याण्ड्संगको खेल नेपालका लागि परीक्षा हुने छ । नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपको आगामी यात्रामा यसको अर्थ रहने छ ।
हालसम्म नेपालले खेलेका ६ खेल मध्ये चारमा हार र दुईमा जित निकालेको छ । नेपाल पपुवा न्यूगिनी र स्कटल्याण्डसंग हार्दा नाविमवियासंग विजयी भएको थियो ।
एक विकेट पतन
यो समाचार तयार पार्दासम्म नेपालको एक विकेट पतन भएको छ । ओपनर ज्ञानेन्द्र मल्ल १२ बलमा ११ रन बनाउँदै आउट भएका छन् ।