काठमाडौं । नेपालले नेदरल्याण्ड्सविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिप पहिलो खेलमा फितलो प्रदर्शन गरेको छ ।
नेदरल्याण्ड्सको भीआरए ग्राउण्ड एम्स्टेल्भिनमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सका बलर सामु खासै प्रर्दशन गर्न सकेन ।
नेपाली प्रशिक्षक जगत टमाटाले नयाँ रणनीतिमा खेलाएपनि नेपाली ब्याटिङ खासै चलेन । अब नतिजा नेपाली बलरका हातमा गएको छ ।
नेपालले २३ आभेर ३ बलमा ६१ रन बनाउँदा ५ विकेट गुमायो । नेपाली टोलीका कप्तान पारस खड्काले रनको खाता नै खोल्न सकेनन् ।
उनी पहिलो बलमै आउट भए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन मात्रै बनाए । अनिल मण्डलले २० रन बनाउँदा सागर पुनले ७ रन बनाए ।
यु–१९ टोलीको कप्तानी सम्हालिसकेका राजु रिजाल ३ रनमै आउट भए । शरद भेषावकरले समेत राम्रो सुरुवात गर्न सकेनन् । सुरुवातमा उनले बल खर्चिए अनुसार रन बनाउन सकेनन् ।
नेदरल्याण्ड्संगको खेल नेपालका लागि परीक्षा हुने छ । नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपको आगामी यात्रामा यो खेलको निकै अर्थ रहने छ ।
हालसम्म नेपालले खेलेका ६ खेल मध्ये चारमा हार र दुईमा जित निकालेको छ । नेपाल पपुवा न्यूगिनी र स्कटल्याण्डसंग हार्दा नाविमवियासंग विजयी भएको थियो ।