arrow
ADVERTISEMENT

प्रचण्डका भाइ नारायण बने राष्ट्रिय सभा सदस्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
narayan-dahal.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् । 

दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि उनी बागमती प्रदेश अध्यक्षसमेत थिए । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बिहीबारमात्रै गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानून, न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए । उनी नेकपा एकीकृत समाजवादीको सिफारिसमा मन्त्री भएका हुन् । 

उनी र्गैरसांसद हुन् । त्यसैले पनि राष्ट्रिय सभामा उनलाई ल्याइने अपेक्षा गरिएको थियो । तर एक पदमात्र खाली भएका अवस्थामा उक्त पदमा दाहाललाई ल्याइएपछि बन्दीको कार्यकाल अब ६ महिनामात्र हुनेछ । 

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । गैरसांसद भएकाले संविधान अनुसार उनी ६ महिनाभित्र सङ्घीय संसद्को सदस्य भइसक्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ