arrow

सेफ्टिक ट्याङ्कीको सेटिङ खोल्ने क्रममा निसास्सिएर दुईको मृत्यु

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
Bardiya-hamrakura.jpg.jpeg
बर्दिया । बर्दियाको गुलरिया –८ मा सेफ्टिक ट्याङ्कीको सेटिङ खोल्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । 
 
सेटिङ खोल्न ट्याङ्कीभित्र छिरेका मोहम्मदपुरका गणेश थारु र चुकुन्दर थारुको अक्सिजनको कमीले मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । 
 
दुवै जना निर्माणाधिन सेफ्टििक ट्याङ्कीको सेटिङ खोल्न गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ