arrow

मधेशी कोटाको उपाध्यक्षमा परमेश्वर शाह

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
parmeshor-sah.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनबाट नयाँ नेतृत्वको लागि सिराहाका परमेश्वर शाहले समावेशी तर्फको मधेशी कोटाबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । 
 
सिराहा जिल्लामा जन्मिएर २०५६/५७ देखि सक्रिय रूपमा विद्यार्थी राजनीतिमा लागिपरेका शाह क्याम्पसको इकाई सदस्य हुँदै अहिले जिल्ला अध्यक्षको रूपमा रहेका छन् । जेएस मुरारका बहुमुखी क्याम्पस लाहानको इकाई सदस्य, सचिव र अध्यक्ष हुँदै सोही क्याम्पसबाट स्ववियूको सहसचिव समेत बनेका थिए ।
 
उनी अहिले पनि सिराहा जिल्ला अध्यक्ष छन् । अहिलेको विधानले विशेषगरी मधेशी समुदायको सबै माग पूरा गर्न नसकेको भन्दै मधेशीका माग पूरा नगरेसम्म अन्य संगठनसँग प्रतिस्पर्धा गर्न सम्भव नरहेको उनी बताउँछन् । यस भन्दा अगाडिको आन्दोलनमा मधेशी विद्यार्थीको योगदानलाई सम्झिएर मधेशी एजेण्डालाई स्थापित गराउन आफू उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेको उनी बताउँछन् ।
 
 आफूलाई नेविसंघको एब अब्बल उम्मेदवारको रूपमा रहेको दाबी गर्छन् । उनी मधेशी एजेण्डालाई नेपाल विद्यार्थी संघमा स्थापित गराउनेको लागि पनि आफूलाई मतदान गर्नेपर्ने दाबी पनि गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ