arrow

कर्णले थपे ३ सय प्रतिनिधि, कूल प्रतिनिधि बन्यो ३७ सय ५८ जना

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
Ranjit-Karna.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको लागि एकाएक ३ सय प्रतिनिधि थपिएको छ। ३४ सय जनाको प्रतिनिधिमा यस अघि सहमति जनाईएको भएपनि नेविसंघ अध्यक्ष रञ्जित कर्णले नामावली निर्देशन समितिलाई बुझाउने बेलामा तीन सय भन्दा बढी प्रतिनिधि थप गरी ३७ सय ५८ जनाको नामावली बुझाएपछि नेविसंघको शनिबार प्रकाशित गर्ने भनिएको नामावली समेत तोकिएको समयमा प्रकाशन नहुने संकेत देखिएको छ।
 
अहिले सहमति भएको भन्दा बढी प्रतिनिधिको नामावली आएपछि निर्देशन समितिले भने नामावली पत्रमा हस्ताक्षर नगरी बसरहेको छ । निर्वाचन समितिका सदस्य अरूण कुमार पञ्जियारले निर्देशन समितिले हस्ताक्षर नगर्दा प्रतिनिधिको नामावली सार्वजनिक हुन ढिलाई भएको प्रतिक्रिया दिए। 
उनले निर्देशन समितिले नामावलीमा हस्ताक्षर गर्ने वित्तिकै नामावली सार्वजनिक गर्ने पनि जानकारी दिए। यति नै नामावली छ भनेर अहिले नै भन्न सक्ने स्थिती नरहेको भन्दै नामावलीमा हस्ताक्षर भएपछि मात्रै नामावलीको विषयमा यकीन गर्न सकिने पनि उनको भनाई थियो।
 
यसैबीच, रामचन्द्र पौडेल पक्षीय विद्यार्थीहरूले विधिवत महाधिवेशनको माग गर्दै शनिबार पार्टी कार्यालय र सभापति शेरबहादुर देउवाको निवासमा घेराउ गरेका छन्। उनीहरूले महाधिवेशनको प्रतिनिधि छनोट भागवण्डाबाट नभई विधिवत रूपमा हुनु पर्ने भन्दै दुबै तर्फ घेराउ गरेको नेविसंघ नेता मोती भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ