arrow

नेदरल्याण्ड्ससंग नेपाल ७ विकेटले स्तब्ध

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
Capture-5.JPG.jpeg
काठमाडौं । नेपाल नेदरल्याण्ड्सविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा ७ विकेटले पराजित भएको छ । ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको नेपालले पेश गरेको ९५ रनको चुनौती नेदरल्याण्ड्सले मात्र ३ विकेटको क्षतिमा १६ ओर ५ बलमै पार गर्यो । 
 
नेदरल्याण्ड्सका लागि वेस्ले बारेसीले ३७ रन बनाउँदा स्टेफेन माइब्रागले अविजित ३३ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिए । नेदरल्याण्ड्सको भीआरए ग्राउण्ड एम्स्टेल्भिनमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सका बलरसामु खासै प्रर्दशन गर्न सकेन । 
 
नेपाली प्रशिक्षक जगत टमाटाले नयाँ रणनीतिमा खेलाएपनि नेपाली ब्याटिङ खासै चलेन । नेपाली टोलीका कप्तान पारस खड्काले रनको खाता नै खोल्न सकेनन् । उनी पहिलो बलमै आउट भए ।
 
यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन मात्रै बनाए । अनिल मण्डलले २० रन बनाउँदा सागर पुनले ७ रन बनाए । यु–१९ टोलीको कप्तानी सम्हालिसकेका राजु रिजाल ३ रनमै आउट भए । यस्तै, शरद भेषावकर १४, विनोद भण्डारी ९, सोमपाल कामी १२, बसन्त रेग्मीले ७ रन बनाए । यस्तै, करण केसीले खाता खोल्न सकेनन् भने, सन्दिप लामिछानेले १ रन बनाए ।  
 
नेदरल्याण्ड्विरुद्धको अर्को खेल सोमबार हुने छ । अघिल्लो यात्रा सहज बनाउन नेपालले सो खेल जित्नै पर्ने छ । यद्यपि, आइतबारको खेल हारेका कारण नेपाली टोली अझ दबाबमा हुने छ । 
 
हालसम्म नेपालले खेलेका ६ खेल मध्ये चारमा हार र दुईमा जित निकालेको छ । नेपाल पपुवा न्यूगिनी र स्कटल्याण्डसंग हार्दा नाविमवियासंग विजयी भएको थियो । नेपालको ६ खेलबाट जम्मा ४ अंक छ । ७ खेल खेलेको नेदरल्याण्ड्सको अब १२ अंक भएको छ । नेदरल्याण्ड्स लिगको अंक तालिकाको शीर्ष स्थानमा छ भने, नेपाल अाठ राष्ट्र सहभागि प्रतियोताको अंक तालिकामा छैटौं स्थानमा छ । 



नयाँ