arrow

संगठनलाई भागबण्डा र षडयन्त्रको जन्जालमा पारियो : काफ्ले समूह

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
kundan-kafle-samuh.jpg.jpeg
काठमाडौं । नेविसंघ नेता कुन्दन काफ्ले समूहले नेविसंघ महाधिवेशन उद्घाटन भएको सातौं दिनसम्म पनि मतदाता नामावली सार्वजनिक नहुनु लज्जाको विषय रहेको बताएको छ । सो समूहले शनिबार विज्ञप्ति जारी गर्दै ६ महिनामा अधिवेशन गर्ने जिम्मेवारी लिएर साढे चार वर्षसम्म अधिवेशनको तयारी समेत नगरी नेतृत्वमा टाँसिदै संगठनलाई भागबण्डा र षडयन्त्रको जन्जालमा पार्ने कलुसित मानसिकता बोकेर नेतृत्व अघि बढेको आरोप समेत लगाएको छ । 
 
काफ्ले समूहले  २ वर्ष अघिनै नेविसंघको नेतृत्वले अपारदर्शी र अवैधानिक ढङ्गले भागवण्डावाट टुंग्याएका ६४ जिल्लामा आफू अनुकुल संख्या थपघट गरेको, देशभर नक्कली स्ववियु सिर्जना गरी ९८ क्याम्पसवाट नक्कली प्रतिनिधि राखि पार्टीलाई बुझाएका करिब ७ सय ५० अवैधानिक (फर्जी) प्रतिनिधिहरूलाई पार्टीका तत्कालिन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले सदर गरेको  र सो विषयमा  त्यतिबेलाबाटै आफुहरुले कुरा उठाउँदै आएको प्रस्ट्याएको छ । यस्तै, विधिवत महाधिवेशनको पक्षमा आफूहरूले उठाएको आवाजलाई सदैव दवाउने प्रयास गरिएको आरोप समेत सो समूहले लगाएको छ । 
 
उसले अधिवेशन गराउने जिम्मा लिएको नेविसंघ नेतृत्व र पार्टीको निर्देशन समिति अनेकन षडयन्त्रका तानावाना बुनेर विद्यार्थी नेतृत्व छनोटको अधिकारलाई समेत कुन्ठित गर्ने तर्फ केन्द्रित भएकाले आमरण अनसनसम्मको आन्दोलन गर्न बाध्य भएको उल्लेख गरेको छ । 
 
सो समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आमरण अनसनकैबीचमा विधिवत महाधिवेशनका लागि आवश्यक नीतिगत र व्यवस्थापकीय कुनै पनि प्रकृयाको तयारी नगरिकन ७ दिन अगाडि महाधिवेशनको उद्घाटन भएपश्चात संगठनको शाख जोगाउनका लागि यावत अवैधानिक र अपारदर्शी षडयन्त्रले दिएका ऐठनका वावजुत ‘कालकुट विष’ पिएरै भए पनि हामी नेविसंघ नेतृत्वले आफैले सिलिङ तोके भन्दा १६ सय भन्दा बढी अवैधानिक प्रतिनिधिका बीचमा पनि हामी अधिवेशन प्रकृयामा सहभागी हुनका लागि तयार भयौं ।’
 
विगत ४ बर्षदेखि आफ्ना विरुद्ध नेविसंघ नेतृत्व र त्यसलाई पक्षपोषण गर्ने पार्टी नेतृत्वले गरेका अनेकन षडयन्त्र, जालझेल र अपारदर्शी कु–कृत्यका बाबजुत देशभरिबट विधिवत महाधिवेशनका पक्षमा आएको लहर र विवेकशील प्रतिनिधिहरूले हाम्रो पक्षमा देखाएको अपार स्नेह र समर्थनवाट अत्तालिएर फेरि महाधिवेशनको प्रकृया रोक्न अनेकन तानावाना बुन्न थालिएको तर्फ पनि उक्त समूहले चिन्ता जनाएको छ । 
 
महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशनको अन्तिम तयारी भइरहँदा नामावली सुचिकृत (टाईप) गर्ने क्रममा पुनः जथाभावी नामावली थप्ने, महाधिवेशन बहिस्कार गर्ने अभिव्यक्ति दिने लगायतका जस्तो निकृष्ठ हर्कत अध्यक्ष लगायत जिम्मेवार पक्षवाट भइरहेको भन्दै सो समूहले कुनै पनि बहानामा महाधिवेशनको प्रकृया नरोक्न र निर्देशन समितिमा सर्वसम्मत सहमत भएको प्रतिनिधि नामावली प्रकाशन गरी अविलम्ब महाधिवेशनको निर्वाचन प्रकृया सुरुगर्न नेविसंघ महाधिवेशन निर्देशन समिति र पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ