arrow

ओलीले यसरी सुनाए प्रचण्डको ‘सेलिब्रेटी’ कथा

मैले नेतृत्व गरेको सरकार त्यस्तो हल्काफुल्का होइन

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
oli-new-pic.jpg.jpeg
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपीलेले नेपालका राजनीतिज्ञ सेलिब्रेटी भएको टिप्पणी गरेका छन् । काठमाडौंमा भोजपुर काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा ओलीले पछिल्लो समय नेपालका राजनीतिज्ञ र विज्ञहरु सबै सेलिब्रेटी बनेको टिप्पणी गरेका हुन् । 
 
गएको सोमबार आदीवासी जनजाती दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ढोलक बजाएकोतर्फ संकेत गर्दै ओलीले भने, ‘हाम्रो देशमा कस्तो चलन छ भने । सेलिब्रेटीको चलन । नेता राजनीति भन्दा पनि सेलिब्रेटी भइदिने । जनजाती कहाँ गएर ढोलक बजाएर सेलिब्रेटीको काम गर्ने ।’ सस्ता भाषण, तालिवाला भाषण कसरी गर्न सकिन्छ त्यही गरिदिने । ओलीले थपे, ‘यसो मधेसी देख्यो भने मधेसी भाषण । दलित देख्यो कि दलितका भाषण । जनजाती देख्यो कि जनजातीका भाषण ।’ गर्ने केही होइन त्यो भन्दा बढी सेलिब्रेटी बन्ने । 
 
ओलीले वेलिविस्तारमा अगाडि भने, ‘हाम्रा विद्वान पनि वास्तविक विश्लेषण भन्दा सेलिब्रेटी विश्लेषण गर्ने । नेताहरु समस्या समाधान भन्दा पनि सेलिब्रेटी बन्ने ।’ भाषण गर्ने र मान्छेलाई अल्मल्याउने, धोका दिने । ओलीले यसप्रकारका तरिकाहरुबाट सबै सजक हुनु पर्छ समेत –भने । ओलीले आफुले नेतृत्व गरेको सरकार त्यस्तो हल्काफुल्का नभएको बताउँदै आफुहरु कुनै आडम्बर नदेखाउने बताए । उनले भने, ‘हामीले एउटा बाटो प्रस्तुत गरेका छौं । त्यसले पूर्णता पाउन अलिक समय लाग्छ ।’ मेरो विचारमा हामी अब देश विकासको दिशामा क्रियाशील भइसकेका छौं ।   
 
यस्तै,  ओलीले आफ्नो सरकारलाई हिँड्न खोज्दा हरेक पाइला अल्झाउन कोसिस गरे पनि विकासका मार्गचित्र प्रस्तुत गरेको बताए । उनले भने, ‘हामी माथि केही शक्तिले हमला गरेर नीति, कार्यक्रम र बजेट नल्याउन दिने प्रयास भइरहेको थियौं । त्यसका बाबजुद हामीले ल्याएरै छाड्यौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ