arrow

उद्घाटनको एक सातापछि नेविसंघको निर्वाचन तालिका सार्वजनिक, ३२ गते चुनाव

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। साउन २३ गतेदेखि काठमाडौंमा सुरू भएको नेपाल विद्यार्थी संघको ११ महाधिवेशनको सातौ दिन आएर निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। खरेलले साउन २९ गते साँझ महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेदेखि ३२ गते विहान ७ वजेदेखि मतदान गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेका हुन्। हिजो नै मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने र शनिबार मनोनयन दर्ता गर्ने भनिएपनि त्यो सम्भव नभएपछि शनिवार राती यो कार्यक्रम सार्वजनिक गरिएको हो। 
 
नेपाली काँग्रेस पार्टी कार्यालयले जारी गरेको विज्ञप्ति यसप्रकार छः
 
नेपाल विद्यार्थी संघ
केन्द्रीय निर्वाचन समिति
एघारौं महाधिवेशन
२०७३
 
निर्वाचन कार्यक्रम
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः– २०७३ श्रावण २९ गते साँझ ९ वजे ।
२. उम्मेदवारको मनोनयन दर्ताः– २०७३ श्रावण ३० गते दिनको ३ वजेदेखि साझ ६ वजेसम्म ।
३. उम्मेदवारको पहिलो नामावली प्रकाशनः– २०७३ श्रावण ३० गते वेलुकि ७:३० बजे  ।
४. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समयः २०७३ श्रावण ३१ गते विहान १० बजेदेखि १०:३० बजेसम्म ।
५. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  २०७३ श्रावण ३१ ग्ते विहान ११:३० बजे ।
६. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधः २०७३ श्रावण ३१ गते दिउसो १२:३० बजेदेखि ३:३० बजेसम्म ।
७. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशनः २०७३ श्रावण ३१ गते दिनको १ बजे ।
८. उम्मेदवारीको नाम फिर्ताः २०७३ श्रावण ३१ गते दिनको १:३० बजेदेखि ५:३० वजेसम्म ।
९. उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७३ श्रावण ३१ गते साँझ ६ बजे ।
१०. मतदानः २०७३ श्रावण ३२ गते विहान ७ बजेदेखि साँझ ७ बजेसम्म । नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ।
११. मतगणनाः मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  
 
भरतप्रसाद खरेल
संयोजक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ