arrow

धार्मिक नगरीबाट अटोमेटिक पेस्तोलसहित दुई युवक पक्राउ

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत २९ मंगलबार
arrest-pestol-2022.jpg

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर  ८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेका जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए ।

ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भइ हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बायाँ साइडको कम्मरमा पेन्टको बेल्टभित्र लुकाएर राखेको अवस्थामा सो हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए ।

उक्त पेस्तोल सम्बन्धाम सोधपुछ गर्दा दुवै जनाको संलग्नतामा बोकेर हिँडेको भनी बताएकोमा उक्त पेस्तोल बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको  प्रवक्ता बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजाना मुद्दा शीर्षकमा १० दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ